१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले राज्यको सामर्थ्य कब्जा गर्दा विपद् व्यवस्थापन प्रभावकारी नभएको ओलीको टिप्पणी 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको सामर्थ्यमाथि एकाधिकार जमाउँदा विपद् व्यवस्थापन र उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन्। 

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आलोचना गरेका हुन् । 

महासचिव शंकर पोखरेलले बुझाएको उक्त प्रतिवेदन ग्रहण गर्ने क्रममा अध्यक्ष ओलीले सरकार आम नागरिकका लागि ‘अदृश्य’ र ‘अगम्य’ भएको आरोप लगाए । सबै राजनीतिक दलहरूले विपद्लाई साझा समस्याका रूपमा लिएर सहयोगको प्रतिबद्धता जनाउँदा समेत सरकारले राजनीतिक जस लिने होडबाजी गरेको ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले उद्धार कार्यमा विशेषज्ञता हासिल गरेका संस्थाहरूलाई समेत सरकारले परिचालन गर्न नदिएकोमा आपत्ति जनाए । विशेष गरी नेपाल पर्वतारोहण संघ जस्ता दक्ष संस्थाहरूलाई खोजी तथा उद्धारमा संलग्न हुन नदिइएको र निजी क्षेत्रका हेलिकप्टरहरू भाडामा लिएर प्रयोग गर्न समेत अवरोध सिर्जना गरिएको उनले उल्लेख गरे । सरकारले विज्ञहरूको दक्षता र क्षमताको मद्दत लिनुको सट्टा उनीहरूको सक्रियतामा रोक लगाएको उनको दाबी छ ।

अध्यक्ष ओलीले भने, ‘सरकारले राज्यको सामर्थ्य आफ्नो नियन्त्रणमा राखेर एक किसिमले अगम्य र अप्राप्य जस्तो व्यवहार गर्‍यो । वास्तवमा प्रदेश र स्थानीय तहका सरकारसँग समन्वय गरेर काम गर्नुपर्दथ्यो । सबै राजनीतिक दलले यो साझा दुःख र राष्ट्रिय समस्या हो, श्रेयको होडबाजी होइन, संयुक्त प्रयासबाट समाधान खोज्नुपर्छ भनेका छन् । हाम्रो पार्टीले पनि सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट रूपमा बताएको छ । तर सरकारले उपलब्ध साधन स्रोतको प्रभावकारी प्रयोग गर्न सकेन । हेलिकप्टर प्रयोग गरे पनि नेपाल माउन्टेनियरिङ एसोसिएसनजस्ता उद्धार कार्यमा दक्ष संस्थाहरूको सहयोग लिएन । उनीहरूलाई खोजी तथा उद्धारमा संलग्न गराइएन, हेलिकप्टर भाडामा लिएर परिचालन गर्ने अवसर पनि दिइएन । उनीहरूको दक्षता र अनुभवसमेत उपयोग गरिएन ।’

महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले रसुवाको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदन आइतबार अध्यक्ष ओलीलाई हस्तान्तरण गरेको हो ।

0 Comments