१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी पीडितलाई जगरनाथपुरद्वारा १५ लाख सहयोग

अ+ अ-

काठमाडौँ । रसुवा र नुवाकोटमा आएको बाढीका कारण प्रभावित बनेकाको उद्धार, राहत तथा पुन:स्थापनाका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले रु. १५ लाख आर्थिक सहयोग गर्ने भएको छ । 

गाउँ कार्यपालिकाको आज बसेको बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु. पाँच लाख ५१ हजार सहयोग गर्ने सर्वसम्मत निर्णय गरेको छ । 

गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादवले विपद् व्यवस्थापन कोषको रकमसँगै गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिको एक महिनाको तलबभत्ता तथा सुविधा बराबरको रकम र कर्मचारीबाट नेपाल सरकारले तोकेबमोजिमको रकम संकलन गरी कुल रु १५ लाख सहयोग गर्ने बताए ।

बैठकबाट निर्णय भएको रकम संकलन गरी दुई(–तीन दिनभित्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उहाँको भनाइ छ । 

गाउँपालिकाले शोक मन्तव्य जारी गरी भनेको छ, “बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछौँ । विपद्मा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दछौँ, साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको शीघ्र उद्धार तथा स्वास्थ्य लाभको कामना पनि गर्दछौँ ।”

0 Comments