१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध

अ+ अ-

सिन्धुपाल्चोक । नेपाली सेनाको इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक मेला तथा तीर्थयात्रीलाई लक्षित गरी सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य सहायता केन्द्रबाट ७२१ नागरिक लाभान्वित भएका छन् ।

जनपूर्णिमाका अवसरमा लाग्ने धार्मिक मेलामा देशका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा श्रद्धालु तथा पर्यटक पुगेको सेनाले जनाएको छ ।

दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा तीर्थयात्राका क्रममा यात्रुलाई स्वास्थ्य समस्या पर्न सक्ने भएकाले उनीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सेनाले सहायता केन्द्र सञ्चालन गरेको थियो ।

गणका अनुसार न्यासिम पार्टीमा ३६१ जना र पाँच पोखरी क्षेत्रमा ३६० जनाले स्वास्थ्य परीक्षण र नि:शुल्क औषधिसम्बन्धी सेवा प्राप्त गरेका हुन् ।

यात्राको क्रममा स्वास्थ्य समस्या देखिए तत्काल उपचारको व्यवस्था भएपछि तीर्थयात्री तथा पर्यटकलाई राहत मिलेको स्थानीय सिमिर तामाङले बताए ।

“यात्राका क्रममा स्वास्थ्यमा समस्या देखिँदा कहाँ उपचार गर्ने भन्ने चिन्ता हुन्थ्यो । तर बाटोमै स्वास्थ्य सहायता केन्द्र भएपछि तत्काल परीक्षण र औषधि पाउने व्यवस्था रहेछ”, तामाङले भने, “यसले यात्रुलाई निकै सहज बनाएको छ ।”

स्थानीय पर्यटक व्यवसायी उदय खड्काले दुर्गम क्षेत्रमा हुने धार्मिक यात्राका क्रममा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुनु महत्त्वपूर्ण पक्ष रहेको बताए ।

हरेक वर्ष जनपूर्णिमाका अवसरमा पाँच पोखरीमा लाग्ने मेलामा देशका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा धार्मिक तीर्थयात्री सहभागी हुने गरेको पाइन्छ ।

0 Comments