१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य नियुक्त

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्यलाई नियुक्त गरेको छ ।

यसैगरी कार्यकारी निर्देशकमा आचार्य नुर्बु शेर्पालाई र सदस्यहरूमा खेन्पो शेनाङ्ग ग्याम्जो तामाङ, विशाल लामा र रोशनकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

बौद्धनाथ समिति, विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले मिति २०५३ मा गठन गरेको हो । सन् १९७९ देखि बौद्धनाथ यूनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक ऐतिहासिक एवं सांस्कृतिक धरोहर हो । यो विश्वभरिका बौद्ध मार्गीहरूको आस्थाको केन्द्र पनि हो । बौद्धनाथ महाचैत्य काठमाडौँको सबै भन्दा बढी पर्यटकहरूले अवलोकन गर्ने स्थान मध्येको एक हो । 

  समितिको काम कर्तव्यअन्तर्गत बौद्ध धर्मसम्बन्धी योजना तथा कार्यक्रमहरू स्वीकृत गरी कार्यान्वयन गर्ने गराउने, विदेशी सरकार, राष्ट्रिय वा अन्तरराष्ट्रिय संघ, संस्था वा व्यक्तिहरूसँग सम्पर्क र समन्वय गर्नेलगायतका काम गर्ने, गराउने जस्ता कर्तव्य तोकिदिएको छ ।

गठन आदेश बमोजिम समितिको उद्देश्य पूर्तिको लागि गर्नुपर्ने अन्य कार्यहरू  यिनै उद्देश्य तथा काम कर्तव्यभित्र रही श्री बौद्धनाथ महाचैत्य, यसको परिसर, शान्ति वाटिका, बुद्ध धर्म, यहाँ आउने पर्यटक तथा धर्मावलम्बी र यिनै कुराहरूको प्रगति, उन्नति, प्रचारप्रसार आदि कार्य समितिले स्थापना कालदेखि गर्दै आएको छ ।

नेपालका विभिन्न प्रख्यात बौद्ध तीर्थस्थलमध्ये एक प्रमुख स्थल हो । तिब्बतलगायत विश्वभर प्रसिद्ध यो तीर्थस्थल पहिले खास्ती चैत्यको नामले चिनिन्थ्यो । आजभोलि यसलाई बौद्धनाथ, बौद्ध स्तूप, खास्ती चैत्य पनि भन्ने गरिन्छ । यस स्तूप बौद्ध र हिन्दु तीर्थयात्रीहरूको लागि महत्त्वपूर्ण तीर्थस्थल हो । 

बौद्धनाथ स्तूप सम्भवतः विश्वकै ठूलो चैत्य नेपालको काठमाडौँ जिल्लामा अवस्थित छ ।  तिब्बती तीर्थयात्रीहरू तथा बौद्ध धर्मका अनुयायीहरू माने घुमाउँदै मन्त्र जप गर्दै यसको परिक्रमा गर्ने गर्दछन् । 

बौद्ध धार्मिक आस्था भएका तथा समस्त नेपाली र विश्व जगतको पर्यटकीय केन्द्र रहेको यस स्तूपको निकै महत्त्व रहेको छ । काठमाडौँ उपत्यकामा भएका ठूला स्तूपमा बौद्ध र स्वयम्भूका स्तूप हुन् । यी दुवै स्तूपको वास्तुकला झ्वाट्ट हेर्दा उस्तै देखिए पनि यसमा धेरै भिन्नता पनि रहेको छ ।

  समितिको गठन भएपछि यस स्तूप एवं परिसरको संरक्षण व्यवस्थापनको कार्य  हुँदै आएको छ । यस क्षेत्रको मूर्त सम्पदा महत्त्व पूर्ण भए जस्तै यहाँका अमूर्त सम्पदा महत्त्वपूर्ण छन् ।

0 Comments