१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीबाट प्रभावित १२० मध्ये ११० दूरसञ्चार साइट सञ्चालनमा

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले बाढीका कारण प्रभावित भएका दूरसञ्चार संरचनाको पुन:स्थापना गर्ने क्रममा थप चारवटा साइट सञ्चालनमा ल्याएको छ। कम्पनीले २०८३ भदौ १५ गते रसुवाका जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजारस्थित साइट पुनः सञ्चालनमा ल्याएको हो।

नयाँ साइट सञ्चालनमा आएसँगै बाढीका कारण सेवा प्रभावित भएका नेपाल टेलिकमका कुल १२० साइटमध्ये ११० वटा पुनः सञ्चालनमा आएका छन्।

रसुवाको जिबजिबे टावर सञ्चालनमा आएपछि भोर्ले, चिती, गाइसौरा तथा नौकुण्ड गाउँपालिका–५ र ६ का विभिन्न क्षेत्रका सेवाग्राहीले दूरसञ्चार सेवा उपयोग गर्न सहज हुने टेलिकमले जनाएको छ।

त्यसैगरी सरमथलीस्थित साइटबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङलगायत आसपासका क्षेत्रमा सञ्चार सेवा उपलब्ध हुनेछ।

धादिङको बेनीघाट साइट पुनः सञ्चालनमा आएपछि बेनीघाट बजार तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई सेवा प्राप्त गर्न सहज हुनेछ। नुवाकोटको त्रिशूली साइट सञ्चालनमा आएसँगै त्रिशूली बजार, ढुंगे तथा आसपासका क्षेत्रमा पनि सञ्चार सम्पर्कमा सुधार आउने कम्पनीले जनाएको छ।

बाढीबाट क्षतिग्रस्त संरचनाको पुन:स्थापना हुँदै जाँदा प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा क्रमशः नियमित बन्दै गएको छ।

0 Comments