काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले २०८२ साल चैत मसान्तसम्म स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थालाई भुक्तानी गर्नुपर्ने सबै रकम फर्छ्योट गरेको छ।
बोर्डका अनुसार उक्त अवधिसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमाबापत २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७७२ रुपैयाँ भुक्तानी गरिएको छ।
चैत मसान्तसम्मको भुक्तानी सम्पन्न भएसँगै २०८२ सालसम्म स्वास्थ्य बीमाअन्तर्गत सेवा प्रदायक संस्थालाई तिर्नुपर्ने दायित्व समाप्त भएको बोर्डले जनाएको छ।
बोर्डले बिमितलाई सेवा उपलब्ध गराएका स्वास्थ्य संस्थाको दाबीअनुसार भुक्तानी प्रक्रिया अघि बढाउँदै आएको जनाएको छ।






