१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिमुरेमा रियल-टाइम बाढी निगरानी सुरु हुँदै, नदीको अवस्था चौबिसै घण्टा हेरिने

रसुवागढी-टिमुरे क्षेत्रमा नदी तथा बाढीको अवस्था तत्कालै दृश्यरूपमा निगरानी गर्न सीसी क्यामेरा जडान गरिएको छ। प्रणालीबाट प्राप्त दृश्य र सूचनालाई २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवामा एकीकृत गरी सम्भावित जोखिमको प्रारम्भिक पहिचान र समयमै सूचना प्रवाहमा प्रयोग गरिनेछ।

अ+ अ-

काठमाडौँ । रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था रियल-टाइममा अवलोकन तथा निगरानी गर्न सीसी क्यामेरा जडान गरिएको छ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा सोमबार टिमुरेमा रियल-टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडानको काम सम्पन्न भएको हो।

हाल प्रणाली सञ्चालनमा ल्याउन भीस्याट जडान तथा सञ्चार प्रणाली व्यवस्थापनको काम भइरहेको छ। उक्त काम सम्पन्न भएपछि सम्भवतः सोमबार रातिदेखि नै प्रणाली सञ्चालनमा आउने जनाइएको छ।

जडान गरिएको क्यामेरामार्फत टिमुरे-रसुवागढी क्षेत्रमा नदीको अवस्था तथा बाढीलाई रियल–टाइममा दृश्यरूपमा अवलोकन गर्न सकिनेछ। यसबाट प्राप्त दृश्य तथा सूचनालाई २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवाको नियमित प्रणालीमा एकीकृत गरी चौबिसै घण्टा निगरानी गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जनाएका छन् । 

विशेष गरी सीमावर्ती क्षेत्रमा नदीको अवस्था र सम्भावित बाढीजन्य जोखिमको प्रारम्भिक पहिचानका लागि यो प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ। जोखिमको संकेत देखिएपछि समयमै सूचना प्रवाह तथा पूर्वसूचना दिन र जोखिम न्यूनीकरणका कामलाई थप प्रभावकारी बनाउन प्रणालीले सहयोग पुर्‍याउने केन्द्रको अपेक्षा छ।

पछिल्लो बाढीबाट रसुवागढी-टिमुरे क्षेत्र प्रभावित भएको अवस्थामा रियल-टाइम दृश्य निगरानी प्रणाली जडानलाई बाढीको जोखिम पहिचान र पूर्वसूचना प्रणाली सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ।

0 Comments