१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरू)

अ+ अ-

काठमाडौँ । स्याँफ्रुबेंसी, टिमुरे, बेत्रावती लगायत भोटेकोशी बाढीले बगाएका स्थानहरू अहिले चित्कार र विलापको बगर बनेको छ ।

भदौ १० गते मध्यरातमा भोटेकोशीको मुहानबाट गर्जँदै झरेको कालो लेदो र चट्टानी बाढीले केरुङ, रसुवागढी, स्याफ्रुबेंसी, मैलुङ हुँदै बेत्रावतीका सयौँ वर्ष पुराना बस्तीहरूलाई केही मिनेटमै सोहोरेर त्रिशूलीको गहिराइमा बिलाइदियो । भदौ १० गते बिहान जब रसुवा र नुवाकोटका सीमावर्ती बासिन्दा नयाँ दिनको दिनचर्या शुरु गर्दै थिए । हिमालको फेदबाट ढुङ्गा र माटोको भीषण गडगडाहट सुनियो ।

सीमा क्षेत्र केरुङतर्फ भीषण हिमताल वा पहिरो थुनिएर फुटेको बाढी भोटेकोशीको साँघुरो गल्छीबाट उर्लिएको थियो । पानीको सतह सामान्यभन्दा धेरै मिटर माथि उठेको थियो । खोला किनारका घरहरू तासको पत्ताझैँ ढले र सडकहरू क्षतविक्षत भए । कतिले आँखा अगाडि आफ्नै घर र छिमेकीका परिवार खोलाले निलेको देखे । न बचाउन गुहार माग्न सके न कता भाग्ने पत्तो भयो । बेत्रावती बजारको आधा भाग अहिले त्रिशूलीको बगर भएको छ ।

रसुवाको केरुङ नाका र रसुवागढी भन्सार क्षेत्रबाट शुरु भएको यो महाविपद्ले सडक सञ्जाललाई क्षतविक्षत पारेको छ । टिमुरे, तातोपानी, स्याफ्रुबेंसी र मैलुङका जलविद्युत आयोजनाहरूमा कार्यरत प्राविधिक, श्रमिक र स्थानीय व्यापारीहरू गरी सयौँ व्यक्ति बाढीको पहिलो चपेटामा परे । मैलुङमा निर्माणाधीन तथा सञ्चालित हाइड्रोपावरका क्याम्पहरू बगाउँदा सम्पर्कविहीन हुनेहरूको संख्या धेरै छ । बेत्रावतीमा फलाखु खोला र त्रिशूलीको संगमले अझै विशाल रूप लिएर नुवाकोटको त्रिशूली बजार, बट्टारको तल्लो भूभाग, देवीघाट, धादिङको गल्छी, मलेखु, जोगिमारा हुँदै चितवनको मुग्लिन र देवघाटसम्म ताण्डव मच्चाएको छ । धादिङ र चितवनका तटीय फाँटहरूमा लगाइएको धानबाली हजारौँ हेक्टर बलौटे लेदोले पुरिएको छ । २०७२ को महाभूकम्प भोगेका हामीले नदीले यसरी सिङ्गो गाउँ र हजारौँ मान्छेलाई एकै निमेषमा बगाएको इतिहास कहिल्यै सुनेका थिएनौँ । 

नेपाल सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले हेलिकप्टर र डोरीको सहायताले जोखिमयुक्त ठाउँबाट उद्धारको प्रयास गरिरहे पनि कतिपय स्थानमा लगातारको वर्षा, बाक्लो कुहिरो र सडक सञ्जाल पूरै विच्छेद भएकाले माथिल्लो रसुवा पुग्न निकै कठिन भएको छ । अहिलेसम्म करिव ४ हजार नागरिक बेपत्ता रहेका छन् । तर यकिन तथ्यांक आइसकेको छैन । नदी किनारमा आफन्त खोज्न उभिएका बालबालिका र वृद्ध वृद्धाको आँसुले जोकोहीको मुटु चसक्क पार्छ । 

0 Comments