१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रधानमन्त्री सहभागी नभए सर्वदलीय बैठकको प्रभावकारितामाथि प्रश्न उठ्छ’ : डा.भीम रावल

अ+ अ-

काठमाडौँ । नेकपा नेता डा. भीम रावलले विपद्का विषयमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीसहित सरकारका प्रमुख जिम्मेवार मन्त्रीहरूको उपस्थिति आवश्यक रहेको बताएका छन्।

भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको बाढीबाट सिर्जित संकट समाधानका लागि राजनीतिक दलहरूबीच छलफल र राष्ट्रिय सहमति आवश्यक भए पनि राज्यको कार्यकारी नेतृत्व गर्ने प्रधानमन्त्रीको सहभागिताविना त्यस्तो बैठक प्रभावकारी हुन नसक्ने उनको धारणा छ।

रावलले यसअघि आयोजित बैठकमा प्रधानमन्त्री सहभागी नभएको उल्लेख गर्दै आगामी बैठकमा पनि प्रधानमन्त्रीको अनुपस्थिति रहे त्यसबाट अपेक्षित निष्कर्ष हासिल गर्न कठिन हुने बताएका छन्। प्रधानमन्त्रीबिनाको बैठकबाट सर्वदलीय संयन्त्र गठन गर्ने प्रस्तावसमेत व्यवहारिक र औचित्यपूर्ण नहुने उनले टिप्पणी गरेका छन्।

उनका अनुसार विपद्को सामना गर्न राष्ट्रिय एकताको आधारमा अघि बढ्ने सरकारको उद्देश्य हो भने सर्वदलीय छलफलमा प्रधानमन्त्रीसँगै अर्थ, गृह तथा भौतिक पूर्वाधारसम्बन्धी जिम्मेवारी सम्हालेका मन्त्रीहरूको पनि सहभागिता हुनुपर्छ।

बैठकमा सहभागी हुने राजनीतिक दलका नेताहरूले समेत सरकारको नेतृत्व र सम्बन्धित मन्त्रालयका जिम्मेवार पदाधिकारीको उपस्थितिको आवश्यकतालाई गम्भीरतापूर्वक विचार गर्नुपर्ने रावलले बताएका छन्।

0 Comments