१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद शर्माको आरोप : ‘बाढी प्रभावित क्षेत्रका नागरिक भोकभोकै बस्नुपरेको छ, सरकार प्रचारबाजीमा लाग्यो’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद युवराज शर्माले बाढी प्रभावित क्षेत्रका नागरिकलाई राहत वितरण तथा बेपत्ता नागरिकको खोजी कार्य प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले सरकारले सबै पक्षसँग समन्वय गर्न नसक्दा देश विदेशबाट प्राप्त राहत सामग्री प्रभावित नागरिकसम्म पुग्न नसकेको गुनासो आएको बताए । उनले बाढी प्रभावित क्षेत्रका नागरिकले आफ्नै पैसाले समेत आवश्यक सामग्री खरिद गर्न सक्ने अवस्था नहुँदा भोकभोकै बस्नुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले विपद्को यस घडीमा कुनै पक्षलाई दोषारोपण गर्नुभन्दा खोज, उद्धार र राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले राहत वितरण प्रक्रियामा सरकारको एकद्धार प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय बढाउनुपर्ने समेत बताए ।

एक्लै सबै काम गर्ने सरकारको मानसिकताको कारण पीडितले उचित राहत पाउन नसकेको उनको आरोप छ ।

उनले भने, ‘देश विदेशबाट सक्दो सहयोग आइराछ, त्यो सही ठाउँमा राहत नपुगेको कारणले मान्छेहरूको गुनासो छ कि हामी भोकभोकै छौँ, हाम्रा आफन्तहरू कोही गुमेका छन् । कोही भेटिने आसमा बसिराखेका छन् । तर सरकारले दिएको राहत हामीसित पुगेको छैन भन्ने गुनासो छ । त्यो अलिकति गुनासोहरू आएको मैले पनि सुनेको छु । एकद्वार प्रणाली त सरकारले भन्यो, त्यो एकद्वार प्रणालीलाई व्यवस्थित गर्न सकेन । स्थानीय निकाय, प्रदेशसँग समन्वय गर्नुपर्थ्यो । त्यसमा सरकार चुकेकै हो । परिणाममूलक काम हुनुपर्‍यो । प्रचारबाजीमा सरकार लाग्नुभएन । सरकारका मन्त्रीहरू लाग्नुभएन ।’

उनले सरकार र मन्त्रीहरू उद्धार तथा राहत वितरणमा भन्दा प्रचारबाजीमा केन्द्रित हुँदा समस्या भइरहेको टिप्पणी समेत गरे ।

0 Comments