१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी अपडेट: मृतकको संख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता

अ+ अ-

काठमाडौँ । रसुवा बाढीमा परी निधन हुनेहरूको संख्या एक हजार नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलवार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा परी निधन भएका १ हजार ३ जनाको शव फेला परेको हो । 

विभिन्न जिल्लाबाट प्राप्त तथ्यांकअनुसार बाढीका कारण हालसम्म चितवनमा ३ सय २१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । यसमा विभिन्न मानव अङ्गहरूसमेत समावेश छन् । विपद्मा परी हालसम्म २७९ जना घाइते भएका छन् । 

घाइतेमध्ये १६८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने नेपाली सेनामार्फत २ हजार ७४० जनाको स्वास्थ्य उपचार गरिएको छ । बाढीका कारण हालसम्म ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५, अध्यागमनका ३, क्वारेन्टाइन कार्यालयका ३ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना कर्मचारी रहेका छन् । प्राधिकरणकाअनुसार रसुवाबाट करिव ८६५, नुवाकोटबाट १ हजार ५५८ र विभिन्न जलविद्युत आयोजनाबाट ६३९ जना सम्पर्कविहीन छन् । बेपत्ता हुनेहरूमा ५८३ विदेशी नागरिक र विदेशी पर्यटकसँगै गएका १६४ नेपाली नागरिक समेत रहेका छन् । 

प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि २१ हजार ३१४ सुरक्षाकर्मी परिचालित छन् । यसमा नेपाली सेनाका ९ हजार १९९, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी सक्रिय छन् । 

हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले ५९२ पटक हवाई उडान गरी २७३ विदेशी र ३ हजार ५०९ नेपाली गरी कुल ३ हजार ७८२ जनाको हवाई उद्धार गरेको छ । यस्तै, निजी क्षेत्रबाट काठमाडौँबाट २९ वटा उडान सञ्चालन भएका छन् । हाल नुवाकोटमा २ हजार ४६६, रसुवामा ३९८, धादिङमा २६० र काठमाडौंमा ३२९ जना होल्डिङ सेन्टरमा रहेका छन् । 

सरकारले प्रभावित जिल्लाहरूमा नगद राहत समेत उपलब्ध गराएको छ । रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ भने प्रभावित १५ पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

राहत सामग्रीतर्फ ३७ वटा ट्रक र ३७ वटा बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । सशस्त्र प्रहरीले ७७ पटक हवाई उडान गरी राहत सामग्री ढुवानी गरेको छ । बुधवार मात्रै नुवाकोटमा १६ र रसुवामा ११ वटा उडानमार्फत राहत पुर्‍याइएको छ । प्रभावित क्षेत्रमा इन्धनको आपूर्ति सुचारु राख्न ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ । 

सञ्चार सेवातर्फ नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटा टावरमध्ये सबै सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ टावर सुचारु भइसकेका छन् । पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ ।

0 Comments