काठमाडौँ । काठमाडौँको गोंगबुस्थित जलमापन केन्द्रमा विष्णुमती नदीको जल सतहले खतरा तह पार गरेपछि नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १६ गते साँझ ६:४५ बजे गोंगबु जलमापन केन्द्रमा विष्णुमतीको पानीको सतह खतराको तहभन्दा माथि पुगेको हो ।
जल सतह बढेसँगै विष्णुमती नदी आसपास तथा तटीय क्षेत्रमा रहने नागरिकलाई सम्भावित जोखिमप्रति सचेत रहन र आवश्यक सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।






