१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी अपडेट: हालसम्म १०५० को मृत्यु, ३,९१६ जना अझै बेपत्ता

अ+ अ-

काठमाडौँ । रसुवा केन्द्रबिन्दु भई आएको विनाशकारी भोटेकोशी बाढीका कारण हालसम्म १ हजार ५० जनाको मृत्यु भएको छ भने ३ हजार ९ सय १६ जना अझै बेपत्ता रहेका छन् । 

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (भदौ १६ गते) साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै खोज, उद्धार र राहत कार्यको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार बाढीमा परी ज्यान गुमाउने १०५० मध्ये विभिन्न स्थानबाट शव फेला पार्ने क्रम जारी छ । नुवाकोटमा १ सय ४२, रसुवामा ४१, तनहुँमा ३८, धादिङमा ५७, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, गोरखामा ६५ र चितवनमा ३२१ जनाको शव फेला परेको विवरण प्राप्त भएको छ । 

५८३ विदेशी नागरिक र उनीहरूसँगै गएका १६४ नेपाली कामदार/सहयोगी अझै सम्पर्कविहीन छन् । बाढीमा परी घाइते भएका २९२ मध्ये १८२ जना उपचारपश्चात विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । नेपाली सेनाले २ हजार ९ सय १५ र सशस्त्र प्रहरीले १ हजार १ सय ५५ जनालाई स्वास्थ्य उपचार प्रदान गरेका छन् । 

प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि कुल २१ हजार ३ सय १४ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ९ सय १२, नेपाली सेनाका ९ हजार १ सय ९९ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । हालसम्म ११ हजार ९ सय ९३ जनाको सफल उद्धार गरिएको छ । 

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरबाट ६ सय १० पटक उडान भरिएको छ, जसमध्ये आज मात्रै ८४ उडान भएका छन् । हवाई मार्गबाट ४ हजार ९१ नेपाली र २ सय ७३ विदेशी नागरिकको उद्धार गरिएको छ। निजी क्षेत्रका हेलिकप्टरबाट समेत २९ वटा उडानमार्फत उद्धार कार्यमा सहयोग पुर्‍याइएको छ । 

सरकारले प्रभावित जिल्ला र पालिकाहरूका लागि राहत रकम निकासा गरेको छ । रसुवा र नुवाकोटका लागि १/१ करोड, धादिङका लागि ५० लाख र प्रभावित १५ पालिकाहरूका लागि थप ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको प्राधिकरणले जनाएको छ । 

राहत सामग्रीतर्फ हालसम्म ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्य तथा गैर-खाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । यस्तै, हेलिकप्टरमार्फत विभिन्न स्थानमा राहत ढुवानी भइरहेको छ। हाल ३ हजार ४ सय ५३ जना प्रभावितहरू नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका छन् । 

प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा सुचारु राख्न इन्धनको मौज्दात सुनिश्चित गरिएको छ । हाल ३५ हजार लिटर डिजेल, १५ हजार लिटर पेट्रोल र ९ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ । सञ्चार क्षेत्रतर्फ, नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटा टावरमध्ये सबै सञ्चालनमा आइसकेका छन् । एनसेलका क्षतिग्रस्त ७८ मध्ये ७५ वटा टावरले पुनः काम गर्न थालेका छन् । प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक, उपचाररत व्यक्ति र उद्धार गरिएकाहरूको विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत निरन्तर अद्यावधिक गरिरहेको जानकारी दिएको छ ।

0 Comments