१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी अपडेट: १,११४ को मृत्यु पुष्टि, सुरुङमा खोज र डिएनए परीक्षणलाई तीव्रता

अ+ अ-

काठमाडौँ । भोटेकोशी बाढीमा परी निधन भएका १ हजार १ सय १४ जनाको शव फेला परेको सरकारले बताएको छ ।

परराष्ट्र मन्त्रालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार र राहत कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै पछिल्लो अवस्थाबारे स्पष्ट पारेको हो ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बुधवार आयोजित दैनिक प्रेस ब्रिफिङमार्फत करिब ३ हजार ९ सय जना अझै बेपत्ता रहेको बताए ।

हालसम्म ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन् । बेपत्ता हुनेमा ३४ देशका ५९० विदेशी नागरिक रहेको प्रारम्भिक तथ्यांक छ ।

बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको खोजी कार्यलाई उच्च प्राथमिकता दिइएको प्रवक्ता क्षेत्रीले बताए । नेपाली सेनाको नेतृत्वमा भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोलीहरू लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली र रसुवागढी क्षेत्रका सुरुङमा परिचालन भएका छन् ।

लाङटाङ र चिलिमे क्षेत्रका सुरुङको केही भागमा खोजी गरिए पनि बाँकी खण्ड अवरुद्ध भएकाले कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । त्रिशूली ३ ए मा पानीको उच्च बहावका कारण उद्धार कठिन भएपछि सुरुङको बाहिरी भागबाट प्वाल पारेर खोजी गर्ने प्रयास भइरहेको छ । यस्तै, रसुवागढीको सुरुङभित्र करिब २०० मिटरसम्म खोजतलास गरिए पनि थप भाग पूर्ण रूपमा अवरुद्ध छ ।

मृतकको पहिचानका लागि फरेन्सिक र डिएनए परीक्षण कार्यलाई तीव्र पारिएको छ । भारत र चीनका फरेन्सिक विज्ञहरूका साथै सिंगापुरबाट ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ टोली नेपाल आइपुगेको छ । दक्षिण कोरियाली टोलीले पनि आधुनिक उपकरणसहित सहयोग गरिरहेको छ । सरकारले लिडार, बेली ब्रिज, डिएनए परीक्षण किट, र उच्च क्षमताका ड्रोन लगायतका सामग्रीका लागि अन्तर्राष्ट्रिय समुदायसँग अनुरोध गरेको छ ।

प्रभावित क्षेत्रमा राहत सामग्रीको परिचालन प्रभावकारी रूपमा भइरहेको र थप सहयोग प्राप्त हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । प्रारम्भिक आकलन अनुसार सडक, पुल, जलविद्युत गृह र निजी आवासमा ठूलो क्षति पुगेको छ । पुनर्निर्माणका लागि विस्तृत क्षति मूल्यांकन गर्ने तयारी भइरहेको छ ।

मानसरोवर र तिब्बत क्षेत्रबाट हालसम्म करिब २ हजार ५०० तीर्थयात्री र पर्यटक हिल्सा तथा तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् । केरुङमा अझै १ हजार ५०० नेपाली नागरिक र १७६ वटा ट्रक तथा कन्टेनर रोकिएका छन् । उनीहरूलाई वैकल्पिक मार्गबाट फिर्ता ल्याउन चिनियाँ पक्षसँग समन्वय भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । चीनतर्फको सीमा क्षेत्रमा करिब १०० नेपाली नागरिक बेपत्ता रहेको रिपोर्ट प्राप्त भएको छ ।

मृतकको सङ्ख्या बढ्दै गएकाले आवश्यक फरेन्सिक प्रक्रिया पूरा गरी शवहरूको अस्थायी अन्त्येष्टि सुरु गरिएको छ । पछि पहिचान खुलेपछि परिवारलाई हस्तान्तरण गर्न सहज हुने गरी यो प्रक्रिया अपनाइएको हो । बेपत्ता भएका व्यक्तिका परिवारलाई डिएनए प्रोफाइलका लागि नेपाल प्रहरी अस्पताल वा नजिकैको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

0 Comments