१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी : बगेर भारत पुगेका नौ शव नेपाल ल्याइयो

अ+ अ-

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बगेर भारत पुगेका नौ जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ ।

भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना क्षेत्रमा फेला परेका शव सुनौली नाका हुँदै नेपाल ल्याई रुपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाइएको हो ।

भारतीय प्रहरीले मंगलबार साँझ पाँच र बुधबार दिउँसो चार शव नेपाल ल्याएको हो । नेपाल ल्याइएका शवमा एक बालिकासहित चार महिला र पाँच पुरुष छन् ।

बेलहियामा आवश्यक प्रक्रिया पूरा गरेपछि शवलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

खड्डा थानाका सब–इन्स्पेक्टर सञ्जीवकुमार मौर्यका अनुसार नारायणी नदीको ठोकर नम्बर ३ नजिक मदनपुर सुक्रौली क्षेत्रमा नदी किनारबाट शव फेला परेका हुन् । उक्त स्थान नेपाल-भारत सीमामा पर्ने गण्डक बाँध क्षेत्रबाट करिब ३५ किलोमिटर टाढा रहेको उनले बताए ।

बुधबार ल्याइएका चार शवमध्ये ९ देखि १२ वर्षकी बालिका, ३५ देखि ४० वर्षकी महिला, ४० देखि ४५ वर्षका पुरुष र दाहिने हातमा ‘दशरथ जंगे’ लेखिएको २३ देखि २८ वर्षका युवक छन् ।

पडरौना थानाका मेजिस्ट्रेट देवेन्द्रकुमार यादवका अनुसार शवलाई सुरक्षित राखी पञ्चनामा तथा गोरखपुरस्थित एम्स अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।

शवबाट डिएनएसहितका प्रमाण सुरक्षित राखिएको उनले जानकारी दिए ।

0 Comments