१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्पछिको अवस्था र राहतबारे परराष्ट्र मन्त्रालयद्वारा कूटनीतिक ब्रिफिङ, केरुङमा रहेका नेपालीलाई फर्काउन समन्वय गरिँदै

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्रालयले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ । 

बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयमा सम्पन्न कूटनीतिक ब्रिफिङ र अन्य समसामयिक विषयमा जानकारी दिएका हुन् । ब्रिफिङका क्रममा परराष्ट्र मन्त्री शिशिर खनालको उपस्थितिमा विभिन्न मुलुकका राजदुत तथा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरूलाई नेपालको वर्तमान अवस्थाबारे अवगत गराइएको थियो । सो अवसरमा कूटनीतिक प्रतिनिधिहरूले विपदप्रति दुःख व्यक्त गर्दै आ–आफ्ना सरकार र संस्थाका तर्फबाट ऐक्यबद्धता एवं सहयोगको प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । नेपाल सरकारले हालसम्म भएका खोज, उद्धार र राहतका प्रगतिबारे जानकारी दिँदै प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ । 

दाता सम्मेलन आयोजना गर्ने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता क्षेत्रीले यसबारे सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जानकारी दिए । सम्मेलनका सम्बन्धमा हुने थप निर्णय र तयारीबारे पछि विस्तृत जानकारी गराइने उनले बताए । 

यसैगरी, चीनको केरुङ क्षेत्रमा रहेका करिव १ हजार ४ सय नेपाली नागरिकहरूको अवस्थाबारे मन्त्रालयले स्पष्ट पारेको छ । तीमध्ये करिव १ सय जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किने क्रममा रहेको प्रवक्ताले जानकारी दिए । 

सामाजिक सञ्जालमा आएका कतिपय अपुष्ट खबरहरूको खण्डन गर्दै उनले भने, ‘उहाँहरू हराएर फेला पर्नुभएको होइन, कामको सिलसिलामा केरुङमा रहनुभएका नेपालीहरू बाटो अवरुद्ध भएका कारण त्यहाँ रोकिनुभएको हो ।’

मन्त्रालयकाअनुसार विपद्का कारण घरपरिवार र आफन्त गुमाएका वा तत्काल स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरूलाई प्राथमिकताका साथ ल्याउन चिनियाँ पक्षसँग समन्वय भइरहेको छ । वैकल्पिक मार्ग प्रयोग गरेर भए पनि उनीहरूलाई छिट्टै नेपाल ल्याउने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।  

0 Comments