१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी

अ+ अ-

काठमाडौँ । भोटेकोशी बाढीले रसुवाको टिमुरेमा कार्यरत कमाण्डरसहितको सुरक्षाकर्मी गुमाउँदा पनि सशस्त्र प्रहरी बिचलित नभई आफ्नो कर्तव्यमा डटिरहेको छ ।

भदौ १० गतेको बाढीमा परी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिमुरेमा कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित नौ जना र त्रिशूली जलविद्युत् आयोजना सुरक्षा बेस मैलुङमा कार्यरत चार गरी १३ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए ।

ड्युटीमा निस्किएका कमाण्डर खत्री र दोस्रो कमाण्डमा रहेका नायब निरीक्षक प्रकाश न्यौपानेसहितको टोली गुमाउँदा पनि सशस्त्र प्रहरी सहायक निरीक्षक तामबहादुर थापा मगरले तुरुन्त कमाण्ड सम्हाली आफ्नो फौज सुरक्षित गरेका थिए ।

बेपत्ता भएकामध्ये सशस्त्र प्रहरी जवान साजन कुँवरको शव पूर्वी नवलपरासीमा फेला परेको थियो भने अन्य सशस्त्र प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् ।

बाढी गएको झन्डै २४ घण्टासम्म सरकारी कार्यालयको नाममा सशस्त्र प्रहरी बलको बिओपी मात्र एक्लै थियो । जुन टोली करिब एक दिन हेडक्वार्टरको सम्पर्कमा थिएन ।

बिजुली र टेलिफोन अवरुद्ध, हेक्वार्टरसँगको सम्पर्क बिच्छेद तथा कमान्डर गुमाएको फौजले आफ्नो कर्तव्य भने चुपचाप पूरा गरिरह्यो । यही भदौ ११ गते धुन्चेबाट सो क्षेत्रमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीको कमाण्डमा थप टोली पठाइएको थियो । उनीहरूले हालसम्म उक्त क्षेत्रमा बेपत्ता भएका ९८ जनाको शव फेला पारेका सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरीको उद्धार टोलीले भाद्र १२ गते साँझ टिमुरेमा माटोमुनि पुरिएको अवस्थामा छ वर्षीया बालिकालाई जीवितै उद्धार गर्न सफल भएको थियो । सो टोलीले बाढी आएको करिब ६० घण्टा पछि ती बालिका रोइरहेको आवाज सुनेपछि उनको उद्धार गरिएको हो ।

बाढीमा परी सम्पर्कविहीन भएकाको खोजीका लागि सशस्त्र प्रहरीले चारह जार २०० जनशक्ति परिचालन गरेको छ । बाढी प्रभावित धादिङको मलेखु र गल्छी, नुवाकोटको देविघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावाती र तारुका तथा रसुवाको त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, स्याफ्रुबेशी र बोगटीटारमा १२ वटा वेश स्थापना गरी खोज तथा उद्धारलाई तीव्रता दिएको छ । सशस्त्र प्रहरीका सह प्रवक्ता थापा जस्तोसुकै चुनौतीपूर्ण समयमा पनि कत्ति पनि विचलित नभई सरकारले सुम्पेको जिम्मेवारीलाई दरिलो खम्बाका रूपमा उभिएर काम गर्दै आइरहेको बताउँछन् ।

 गोरखा भूकम्प, कोरोना महामारी, सीमलताललगायत ठूला घटना, दुर्घटना तथा महामारीमा समेत सशस्त्र प्रहरीले उत्कृष्ट कार्य प्रदर्शन गर्दै आइरहेको छ ।

रसुवा बाढी लगत्तै सशस्त्रले टिमुरेदेखि पश्चिम नवलपरासीसम्म करिब ८०० जना विशेष तालिम प्राप्त टोली उद्धारमा खटाएको छ । उद्धार, राहत र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नुवाकोटमा सात, रसुवामा चार र धादिङमा दुई गरी १३ स्थानमा विपद् बेस स्थापना गरेको छ ।

विशेषज्ञ टोलीमा रहेको  के ९ ले १२, ड्रोन टिमले १९, स्वीफ्ट वाटर रेस्क्यु टिमले १२३ शव फेला पारेको छ । बिओपी टिमुरेले मात्र अन्य सुरक्षा निकायसँग सयुक्त रूपमा टिमुरे इलाकाबाट ९८ शव  संकलन गरेको छ ।

0 Comments