२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक संकट र महँगीका बीच सिरियामा नयाँ शैक्षिक सत्रको तयारी: अभिभावकलाई खर्च धान्न मुस्किल

अ+ अ-

सिरिया । सिरियामा सन् २०२६/२७ को नयाँ शैक्षिक सत्र शुरु हुन लाग्दा राजधानी दमास्कसका पुराना बजारहरूमा शैक्षिक सामग्री खरिद गर्ने अभिभावकहरूको भीड लागेको छ । 

यद्यपि, देशको जर्जर आर्थिक अवस्था र बढ्दो महँगीका कारण आफ्ना बालबालिकाका लागि आवश्यक सामग्री जुटाउन अभिभावकहरूलाई निकै सकस भइरहेको छ । 

दमास्कसस्थित स्टेशनरी सामग्रीको मुख्य केन्द्र ‘अल–असरौनिया’ बजारमा भेटिएका स्थानीय बासिन्दा अबु मासाले बजारमा सामानको मूल्य अत्यधिक बढेको गुनासो गरे। 

उनले भने, ‘सामानहरू निकै महँगा छन् र मानिसहरूसँग पर्याप्त रकम छैन । हामीले खर्च कटौती गर्न जेठी छोरीको पुरानो झोला कान्छी छोरीलाई दिने निर्णय गरेका छौँ र केवल एउटा नयाँ झोला मात्र किन्दैछौँ ।’

अर्का स्थानीय बासिन्दा फादीकाअनुसार बजार मूल्य र सर्वसाधारणको आम्दानीबीच कुनै सन्तुलन छैन । धेरैजसो मानिसहरू बजारमा सामान हेर्न आए पनि खरिद गर्ने सामर्थ्य राख्दैनन् । 

‘हामी एकैपटक सबै सामग्री किन्न सक्ने अवस्थामा छैनौँ, त्यसैले केवल तत्काल आवश्यक पर्ने सामान मात्र किन्दैछौँ ।’ उनले भने । 

बजारको वर्तमान अनुमान अनुसार, एक प्राथमिक तहका विद्यार्थीका लागि आधारभूत स्टेशनरी सेटको मूल्य १ लाख देखि २ लाख ५० हजार सिरियाली पाउण्ड (करिव ८ देखि १९ अमेरिकी डलर) सम्म पर्दछ । सिरियामा हाल न्यूनतम मासिक पारिश्रमिक १२ हजार ५६० नयाँ सिरियाली पाउन्ड (करिव १०५ डलर) रहेको छ । यस तथ्यांकलाई हेर्दा, एउटा बच्चाको प्रारम्भिक शैक्षिक तयारीका लागि मात्रै अभिभावकको मासिक आम्दानीको २० देखि ५० प्रतिशतसम्म खर्च हुने देखिन्छ ।

स्टेशनरी व्यवसायी मोहम्मद खैर जकमकजीका अनुसार, गत वर्षको तुलनामा यस वर्ष व्यापार निकै सुस्त छ । ग्राहकहरूले पहिले जस्तो पूर्ण सेट खरिद नगरी केवल अत्यावश्यक सामानहरू मात्र छानीछानी लैजाने गरेका छन् ।

विश्व बैंकको प्रतिवेदनअनुसार सिरियामा मुद्रास्फीति (महँगी दर) सन् २०२४ को ७२.१ प्रतिशतबाट घटेर सन् २०२५ मा ११.५ प्रतिशतमा झरेको छ। मुद्रास्फीतिमा केही सुधार देखिए पनि उच्च जीवनस्तर खर्च, कमजोर श्रम बजार र पुनर्निर्माणका चुनौतीहरूले गर्दा सर्वसाधारणको क्रयशक्ति अझै न्यून छ ।

यसैबीच, लामो समयको द्वन्द्व र विनाशपछि सिरियाको शिक्षा प्रणाली पुनरुत्थानको प्रक्रियामा रहेको छ ।

 शिक्षा मन्त्रालयकाअनुसार सन् २०२६ मा १ हजार ३७० विद्यालयहरूको पुनर्निर्माण गरिएको छ, जबकि ६ हजार भन्दा बढी विद्यालय अझै मर्मतको पर्खाइमा छन् । 

मन्त्रालयले उल्लेख गरेको युनिसेफको तथ्यांक अनुसार, करिब २४ लाख ५० हजार सिरियाली बालबालिका अझै पनि विद्यालय जानबाट वञ्चित छन् । विदेशबाट करिव ५ लाख बालबालिका स्वदेश फर्किएका कारण शिक्षा प्रणालीमा थप दबाब सिर्जना भएको छ । यस्तो अवस्थामा, सीमित बजेटका बीच आफ्ना बालबालिकालाई विद्यालय पठाउनु सिरियाली परिवारहरूका लागि ठूलो चुनौती बनेको छ । 

0 Comments