२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशूली-३ बी मा फसेकालाई प्राथमिकतामा राखेर उद्धार गर्न माग गर्दै माइतीघरमा प्रदर्श

अ+ अ-

काठमाडौँ । माथिल्लो त्रिशूली-३ बी जलविद्युत आयोजनामा फसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकतामा दिन माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।

सोमवार हाइड्रोमा फसेका आफन्तहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारले माथिल्लो ३ बी मा उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । सरकारले आफूले पनि खोजी कार्यमा चासो नदिएको र आफन्तहरूलाई पनि खोजी गर्न जान नदिएको उनीहरूको गुनासो छ ।

 रसुवा बाढीपछि त्रिशूली ३ बी जलविद्युत आयोजनामा कार्यरत १७८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् । बाढीले आयोजनालाई पूर्ण रूपमा क्षति गरेको छ । सरकारले उद्धार तथा खोजी कार्यको लागि उक्त आयोजनाको भौतिक संरचना नै पत्ता लगाउन सकेको छैन ।

 उक्त आयोजनामा उद्धार कार्य कठिनाई देखिएको सरकारको भनाई छ तर पीडितहरूले भने उद्धारमा कठिनाई छ भन्दैमा सरकार पन्छिन नमिल्लने बताउँछन् । बाढी प्रभावित सुमना श्रेष्ठ अमात्यले त्रिशूली ३ बी मा कार्यरत कर्मचारी तथा कामदारहरूको खोजी कार्यमा सरकारले अदारुकता नदेखाएको बताइन्। उनको श्रीमान् वरिष्ठ भूगर्भविद् सुरेश अमात्य हाल सम्पर्क विहीन छन् । गृह मन्त्रालयमा गएर पटकपटक ध्यानकषर्ण गराउँदा पनि सरकारले चासो नदिएको उनको भनाई छ । सरकारले हेलिकप्टर लगायतका उपकरण लगेर उद्धार गर्नुपर्नेमा कुटो कोदाले लिएर पठाएको उनको आरोप छ ।

उनले भनिन्, बाढी गएको ३/४ दिनमा नै हामी गृह मन्त्रालयमा ध्यानाकर्षण गराउन गएका थियौँ तर त्यहाँ हामीलाई भेट्न दिइएन । रेक्स्यू भइरहेको छ, किन आत्तिएको भन्ने कुरा उहाँहरूले गर्नुभयो । सरकारले रेस्क्यु गर्न नै जानेको रहेनछ, कुटो कोदालो बोकेर रेस्क्यू गर्न जाने हो, सरकार कति लाचार छ भन्ने यही बाट थाहा भयो नि त ।’

सरकारले हराएकोहरु जीवित भए जीवित र नभएमा शव भएपनि आफन्तलाई उपलब्ध गराउनुपर्ने पीडितहरूको भनाई छ । हेलिकप्टर लगायत अरु उपयुक्त उपकरण लगेर तत्काल उद्धार कार्यलाई तीव्रता दिन उनीहरूले माग गरेका छन् । बाढी गएको लामो समयसम्म पनि उद्धार हुन नसक्नु सरकारको लाचारीपन भएको पीडितहरूको भनाई छ । सरकारले अन्तर्राष्ट्रिय सहयोग लिएर बेलैमा उद्धार तथा खोजी गर्न पनि कन्जुस्याइँ गरेको उनीहरूको आरोप छ । ११ औँ दिनसम्म पनि जीवितै उद्धार भईरहकोले सरकारले समयमा नै त्रिशूली ३ बी मा पनि खोजी कार्य गरिदिएमा त्यहाँ रहेका मानिसहरूलाई सकुशल उद्धार गर्न सकिने आफन्तहरूको आश छ । 

सरकारलाई कुनै एक ठाउँमा मात्रै उद्धारमा केन्द्रित नहुन उनीहरूले आग्रह गरेका छन् । प्रदर्शनमा सहभागीहरूले ‘उद्धार गर्न कठिन छ झन् उद्धार गर्न नहुने कुरा हुँदैन’, ‘कति घर बसेर कुरेर, रोएर दिन बिताउने हामी पीडित ?’ ‘१३ दिन भइसक्यो र पनि उद्धारको सूचना खै ?’, त्रिशूली ३ बी लाई प्राथमिकता दिनुस्’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

0 Comments