२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी: १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन

अ+ अ-

काठमाडौँ । रसुवा लगायतका विभिन्न जिल्लामा आएको त्रिशूली बाढीका कारण हालसम्म १ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ६ बजे सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बाढी र पहिरोमा परी ठुलो संख्यामा मानवीय क्षति हुनुका साथै करिव ५ हजार व्यक्ति अझै सम्पर्कविहीन छन् । 

प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा बढी चितवनमा ३६३ जनाको मृत्यु भएको छ । त्यस्तै, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्र पहिचान खुलेको छ । पहिचान हुन बाँकी शवहरूको डिएनए परीक्षणका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणितसहित सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।

विपदमा परी हालसम्म ६,६७६ जना घाइते भएका छन् । जसमध्ये ३२७ जनाको विभिन्न १० वटा अस्पतालमा उपचार भइरहेको छ भने २४२ जना उपचारपछि घर फर्किएका छन् । घाइतेहरूको उपचारमा नेपाली सेनाले ३,३७९ र सशस्त्र प्रहरीले २,९७० जनालाई सेवा प्रदान गरेका छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३,३९६ जनाको सफल उद्धार गरिएको छ । रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा ३,५३३ जनालाई सुरक्षित राखिएको छ ।

अझै पनि ४,९९४ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन् । यसमा नुवाकोटका २,३४०, रसुवाका १,९६७, सुरक्षाकर्मी तथा कर्मचारी १०० जना र ५८७ जना विदेशी पर्यटक रहेका छन् । बेपत्ताहरूको खोजी तथा उद्धारका लागि २१,४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाली सेनाका ९,२८७, नेपाल प्रहरीका ७,९१२ र सशस्त्र प्रहरीका ४,२०३ जना रहेका छन् । उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरूले १,४७९ पटक उडान भरेका छन् ।

सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई तीव्रता दिएको छ । भदौ २२ गते मात्रै २ वटा हेलिकप्टर र ८ वटा मिनी ट्रक मार्फत खाद्यान्न तथा गैर–खाद्यान्न सामग्री ढुवानी गरिएको छ । 

सरकारले रसुवा र नुवाकोट जिल्लालाई १-१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ वटा पालिकालाई कुल १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका लागि १५० जनाभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ । 

0 Comments