२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने

अ+ अ-

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई आर्थिक तथा अभिभावकीय रूपमा वर्गीकरण गरी छात्रवृत्ति प्याकेज ल्याइने बताएका छन् । 

सोमवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित रसुवा बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि छात्रवृत्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले विद्यार्थीको पारिवारिक आर्थिक अवस्था र अभिभावक गुमाएको अवस्थाका आधारमा प्राथमिकता निर्धारण गरी छात्रवृत्ति उपलब्ध गराइने बताएका हुन्। 

उनले बाढी प्रभावित पालिकाका विद्यार्थीलाई आवासीय सुविधा, विद्यालयमै आवासीय व्यवस्था तथा पूर्ण छात्रवृत्तिमार्फत सरकारले सहयोग प्रदान गर्ने बताए । उनका अनुसार दुवै अभिभावक गुमाएका विद्यार्थीलाई पहिलो प्राथमिकता, एक जना अभिभावक गुमाएका विद्यार्थीलाई दोस्रो प्राथमिकता र आर्थिक अवस्थाका आधारमा अन्य विद्यार्थीलाई प्राथमिकता दिने सरकारको नीतिको नीति छ । 

उनले रसुवा, धादिङ र नुवाकोटमै रहेर अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई समेत सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले बाढी प्रभावित क्षेत्रका विद्यार्थीको लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गर्ने तयारी भइरहेको समेत बताए ।

उनले भने, ‘अहिले विपदबाट प्रभावित नागरिक तथा भविष्यमा पनि यस्तो प्रकारको विपदबाट शिक्षा क्षेत्रमा हुनसक्ने क्षतिको विषयमा हामी पूर्वतयारी अवस्थामा रहेका छौँ । अहिले बाढी प्रभावित पालिकाको जति पनि विद्यार्थीहरू हुनुहुन्छ, उहाँहरूको लागि सरकारले गर्छ । कति जना आवासीय रूपमा, कति विद्यालयमा आवासीय रूपमा बसेर पनि पढिराख्नुभएको हुन्छ, कतिले पूर्ण छात्रवृत्ति पाउनुहुन्छ । विभिन्न खालको क्याटेगोराइज गरेर, कति जना विद्यार्थीले दुवैजना अभिभावक गुमाउनुभएको छ, उहाँहरूलाई अलिकति बढी प्रायोरिटी दिनुपर्यो, त्यसपछि एक जना अभिभावक गुमाउनुभएको हुन्छ, उहाँलाई त्यसपछिको दोस्रो प्रायोरिटी दिनुपर्यो, आर्थिक स्थिति हेरेर प्रायोरिटी दिनुपर्यो । सोहीअनुसार प्राथमिकीकरण गरेर सोहीअनुसार पढाउँछौँ । नुवाकोट, रसुवामै रहेर पढ्न मन छ भने उहाँहरूलाई पनि कुन किसिमले हामीले सहारा दिन सक्छौँ, त्यो सबै किसिमले हामी आजको दिन एउटा टिम भएर चाहिँ हामीले यो कार्यक्रम हामीले घोषणा गर्दै छौँ । प्रारम्भिक रूपमा अहिले हामी चारवटा संस्थाहरूलाई मात्र यता प्रतिनिधित्व गरेर निमन्त्रणा गरेका छौँ, तर यसमा जोडिन अन्य धेरै निजी क्षेत्रका संघ–संस्थाहरूले पनि रुचि देखाउनुभएको छ, चासो देखाउनुभएको छ । उहाँहरूलाई पनि जोडिनको लागि पनि म आह्वान गर्छु । र आजको यस कार्यक्रम सुनिश्चित भविष्य छात्रवृत्ति योजना पनि हामी सबै जना मिलेर हामी त्यसको घोषणा गर्नेर्छौँ ।’

उनले छात्रवृत्ति योजनामा सरकारले बढीभन्दा बढी निजी क्षेत्रको सहयोग खोजिरहेको भन्दै छलफल र सुझाव दिन समेत उहाँले सबैमा आग्रह गरेका छन्। 

0 Comments