२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोज-उद्धारमा नेपाली सेनाका नौ हजार ३०० भन्दा बढी फौज परिचालित, चार हजार २० जनाको उद्धार

नेपाली सेनाका नौ हजार ३०० भन्दा बढी फौज विपद् प्रभावित क्षेत्रमा प्रत्यक्ष खटिएका छन् भने सेनाले हवाई साधनमार्फत हालसम्म चार हजार २० जनाको उद्धार गरेको छ।

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, आपत्कालीन उपचार तथा अवरुद्ध सडक र पुल सञ्चालनका लागि नौ हजार ३०० भन्दा बढी फौज परिचालन गरेको छ।

सेनाले भदौ २२ गते साँझ ६ बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा सैनिक टोली प्रत्यक्ष रूपमा खटिएका छन्।

चार हजार २० जनाको हवाई उद्धार
नेपाली सेनाले भदौ २२ गते मात्रै प्रभावित विभिन्न क्षेत्रबाट हवाई साधनमार्फत ४० जनाको उद्धार गरेको छ।

हालसम्म हवाई साधनमार्फत चार हजार २० जनाको उद्धार गरिएको सेनाले जनाएको छ। उद्धार गरिएकामध्ये तीन हजार ७३७ जना स्वदेशी र २८३ जना विदेशी नागरिक छन्।

जलविद्युत् आयोजनाका सुरुङमा खोजी
रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेनाको ‘कम्पोजिट क्विक रियाक्सन टिम’ र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी गरिरहेको छ।

लाङटाङ जलविद्युत् आयोजनामा पनि नेपाली सेनासहितको संयुक्त उद्धार टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिएको छ।

बहुआयामिक प्रतिकार्यमा सेना
प्रभावित क्षेत्रमा खटिएको नेपाली सेनाले अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँगको समन्वयमा घाइतेको खोज तथा उद्धार गरिरहेको छ।

सैनिक टोलीले शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र प्रभावितलाई आपत्कालीन उपचार उपलब्ध गराउने कामसमेत गरिरहेको नेपाली सेनाले जनाएको छ।

0 Comments