२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्टरपोल दिवस: बाढीमा दिवंगत भएकाको सम्झनामा दीप प्रज्वलन

अ+ अ-

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी दिवंगत भएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा इन्टरपोल दिवसको अवसर पारी काठमाडौँको सुन्धारामा आज दीप प्रज्वलन कार्यक्रम आयोजना गरी भोटेकोशी बाढीमा दिवंगत भएकाको चिरशान्तिको कामना गर्नुका साथै बेपत्ताको सकुशल उद्धारको कामना गरिएको हो ।

नेपाल सरकारले भोटेकोशी बाढी आएको १३औँ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी दिवंगत भएका स्वदेशी तथा विदेशी नागरिकका साथै कर्तव्यपालनाको सिलसिलामा दिवंगत भएका नेपाल प्रहरीलगायत अन्य सुरक्षाकर्मीहरूको स्मृतिमा दीप प्रज्वलन गरी श्रद्वाञ्जली अर्पण गरिएको प्रहरी केन्द्रीय समाचार कक्षले जनाएको छ ।

बेपत्ताको सकुशल उद्धारको कामनाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक कार्कीले आजै अन्तरराष्ट्रिय प्रहरी सहकार्यको व्यवहारिक पक्ष र यसको महत्त्वलाई देखाउने गरी सत्य घटनामा आधारित वृत्तचित्रको शुभारम्भ गरे । विभिन्न देशका प्रहरीबीचको सहकार्य, सूचना आदानप्रदान र समन्वयले अपराध अनुसन्धानमा पुर्‍याउने योगदानका बारेमा वृत्तचित्रमार्फत प्रस्तुत गरिएको उनले बताए ।

इन्टरनेसनल डे अफ पोलिस कर्पोरेस हरेक वर्ष ७ सेप्टेम्बरमा मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२२ मा यो दिवस घोषणा गरेको हो । विभिन्न देशका प्रहरीबीच सहकार्य, सूचना आदानप्रदान र समन्वयलाई सुदृढ गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा योगदान पुर्‍याउनु यस दिवसको मुख्य उद्देश्य रहेको प्रहरीले जनाएको छ ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, सञ्चारकर्मीलगायत व्यक्तिको उपस्थिति थियो ।

0 Comments