२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शहीदको रगत खेर जान दिँदैनौँ, भ्रष्टको कठालो समातेर कारबाही गर्छौँ’ : सांसद सुनार

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेन जेड आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने बताएका छन् ।

जेन जेड शहीद दिवसका अवसरमा जेन जेड शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले सुशासनको पक्षमा आवाज उठाउँदा ज्यान गुमाएका शहीदहरूको बलिदान खेर जान नदिने बताएका हुन् ।

उनले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कठोर भएर लाग्ने बताए । पूर्व वा बहालवाला जुनसुकै पदाधिकारी भए पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा कारबाही हुने उनको भनाई छ ।

१ रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा प्रत्येकको कठालो समातेर कारबाही गर्ने उनको दाबी छ । उनले शहीदका परिवार, घाइते तथा आन्दोलनका माग पूरा गर्न सरकारलाई आग्रह पनि गरे । उनले जेन जेड शहीदका कारण देशमा नयाँ सुशासनको आधार बनेको दाबी गरे ।

उनले भने, ‘आमा तिमीलाई लागेको होला मेरो गर्भबाट जन्मेको छोरो मर्‍यो, म एक्लो परेँ । होइन आमा, तिम्रो छोरो मरेको होइन । तिम्रो छोरो यो समाजमा, यो देशमा एउटा बिउ बनेर रोपिएको छ । तिम्रो छोरो मर्‍यो नयाँ सुशासनको वृक्ष उम्रिएको छ । तिम्रो छोरो बिउ बनेर रोपिएपछि नयाँ सुशासनका वृक्षहरू उम्रिएको हो । तिम्रो गर्भमा, तिम्रो गर्भमा सपूतले बास गरेको रहेछ, कपूतले बास गरेको होइन । म तिम्रो गर्भलाई यहाँबाट प्रणाम गर्न चाहन्छु । शहीद, सन्त र सिपाही सबैको गर्भमा जन्मिदैनन् । तिम्रो गर्भले यो देशलाई एउटा न्याय दिने छोरो जन्माएको छ । तिम्रो गर्भबाट यो देशलाई एउटा उज्यालो किरण छर्ने छोरो जन्मेको छ । स्याबास् आमा ! धन्यवाद आमा जसले शहीद जन्माउनु भयो । तिम्रो छोरो ढल्यो, यो देश उठ्यो । तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो । तिम्रो छोरो ढलेको कारण यो देशले सिटामोलको गोली खान पाएको हो । कतै कतै कसैले खिन्न मन गर्नु पर्दैन, कतै कसैले कमजोर मन गर्नु पर्दैन । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा एउटा सरकार बनेको छ । अहिले बजारमा कतै कतै हल्ला चलाएका छन्, यसले माग सम्बोधन गर्छ कि गर्दैन ?जिम्मा लिन्छ कि लिँदैन ? गर्छ यो सरकारले माग सम्बोधन, यो देशको जिम्मा लिन्छ, घाइतेको जिम्मा लिन्छ, शहीदको जिम्मा लिन्छ, प्रत्येक आमाहरूको जिम्मा लिन हामी तयार भएर आएका छौँ । बजारमा हुइँया मच्चाएका छन्, आलोकाँचा केटाहरू आएका छन्, संसद्लाई कतै गलत बाटोमा लिन्छन् कि, सरकारलाई कतै गलत बाटोमा लिन्छन् कि, हामी आला हौंला, काँचा हौंला, तर कुहिएका छैनौँ आमा ! ढुक्क हुनु, सुखले बाँच्ने दिन आउँदै छ । यो सरकार, यो सरकार प्रष्टको सरकार हो, भ्रष्टको सरकार होइन । सुशासन कायम गर्न र भ्रष्टाचारको विरुद्धमा लड्न कहाँबाट कति बेला कसरी लड्नुपर्छ ? चाहे पूर्व हुन्, चाहे बहालवाला हुन्, चाहे हिजोका हुन्, चाहे आजका हुन्, जसले १ रुपैयाँ पनि भ्रष्टाचार गरेको छ, प्रत्येकको कठालो समातेर कारबाही हुनेछ । सबै ठाउँमा हुनेछ, हिसाब हुनेछ, एक एक गनेर हिसाब हुनेछ, खनखनी गनेर हिसाब हुनेछ ।’

सरकारको नेतृत्व र नयाँ राजनीतिक शक्तिमाथि उठिरहेका प्रश्न उठेको बताउँदै उनले आफूहरू अनुभवका हिसाबले नयाँ भए पनि भ्रष्ट नभएको दाबी गरे । उनले जेन जेड आन्दोलनका सहभागी र शहीद परिवारलाई निराश नहुन पनि आग्रह गरे ।

0 Comments