काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुखलाई धम्की दिएको आरोपमा अशोक यादव पक्राउ परेका छन्।
प्रहरी स्रोतका अनुसार तत्कालीन प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालाई धम्क्याएको तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका आधारमा यादवलाई पक्राउ गरिएको हो।
घटनासम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।






