२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिलिमे सुरुङ उद्धारमा ब्लास्टिङपछि काम तीव्र, भोलिसम्म सुरुङको मुखमा एक्स्काभेटर पुग्ने सांसद ढकालको भनाइ

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले रसुवास्थित चिलिमे सुरुङमा जारी उद्धार कार्यमा पछिल्ला दुई दिनदेखि ब्लास्टिङको काम अघि बढेको र उद्धारको गति बढेको बताएका छन्।

ढकालले सामाजिक सञ्जालमार्फत आफू नेपाली सेनासँगै उद्धारस्थलमै रहेर काम गरिरहेको जानकारी दिएका हुन्। उनका अनुसार सेनालाई ब्लास्टिङ गर्न सुरक्षित रहेको जानकारी दिएपछि उद्धार कार्यले गति लिएको हो।

उनले हिजो र आज सुरुङमा ब्लास्टिङ गरिएको तथा भोलिसम्म सुरुङको मुखसम्म एक्स्काभेटर पुर्‍याउने तयारी रहेको बताएका छन्। सुरुङभित्र प्रवेश गरेपछि उद्धारको काम अझ तीव्र हुने उनको भनाइ छ।

बाँकी उद्धार कार्यका लागि पुल्चोक क्याम्पसमा आवश्यक मेसिन तयार भइरहेको र उक्त मेसिन भोलि बिहान उद्धार स्थलमा पुग्ने ढकालले जानकारी दिएका छन्।

ढकालले सुरुङभित्र रहेका व्यक्तिहरूका लागि खाना र पानी उपलब्ध रहेको हुनसक्ने अनुमानसमेत सार्वजनिक गरेका छन्। केही व्यक्तिको स्वास्थ्य अवस्था स्थिर रहेको हुनसक्ने भन्दै उनले छ जनासम्मलाई जीवितै उद्धार गर्न सकिने आशा व्यक्त गरेका छन्।

उनले जारी उद्धार अभियानलाई सम्भवतः सुरुङ उद्धारको अन्तिम चरण हुनसक्ने उल्लेख गर्दै जेन जेड आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा पनि नेपाली सेनासँगै उद्धार स्थलमा खटिन पाएको बताएका छन्।

ढकालले आफू उद्धार अभियानको सुरुवातदेखि अन्त्यसम्मको चरणमा सेवा गर्ने अवसर पाएको उल्लेख गरेका छन्। साथै, आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाहरूलाई स्मरण गर्दै उनीहरूको सपनाअनुसार काम गरिरहेको दाबी गरेका छन्।

0 Comments