२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीमा बेपत्ता दार्चुलाका पाँच जनाको खोजी तीव्र बनाउन सरकारसँग माग

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले रसुवाको भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका दार्चुलाका पाँच जनाको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ठगुन्नाले भदौ १० गतेको बाढीपछि दार्चुलाका पाँच जना बेपत्ता रहेको जानकारी गराउँदै उनीहरूको अवस्थाबारे यथाशीघ्र यकिन गर्न खोजी अभियानलाई तीव्रता दिन आग्रह गरेका हुन्।

उनका अनुसार लेकम गाउँपालिका-४ का नेपाली सेनाका सहसेनानी देवसिंह धामी, दुहु गाउँपालिका–५ का नेपाली सेनाका नायक विकासबहादुर ठकुरी, शैल्यशिखर नगरपालिका-८ का भन्सार कार्यालयमा कार्यरत नरेशदत्त जोशी तथा अपर त्रिशूली-१ मा कार्यरत जयनन्द जोशीको अवस्था हालसम्म अज्ञात छ।

सांसद ठगुन्नाले बेपत्ता व्यक्तिको खोजी तथा उद्धारसँगै बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने र पुनर्स्थापनाको कामलाई समेत गति दिनुपर्ने बताए। विपद्बाट प्रभावित नागरिकको अवस्था गम्भीर रहेकाले राज्यका सम्बन्धित संयन्त्रबाट समन्वित रूपमा काम हुनुपर्ने उनको भनाइ छ।

यसैगरी, उनले दार्चुलाको अपीहिमाल गाउँपालिका-१ भट्टाडमा गएको पहिरोका कारण दर्जनौँ स्थानीय विस्थापित भएको विषय पनि संसद्मार्फत उठाएका छन्। पहिरोबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्न आवश्यक पहल गर्न उनले सरकारसँग आग्रह गरेका छन्।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने भन्दै सांसद ठगुन्नाले विपद्पछि सम्पर्कविहीन भएका व्यक्तिको खोजीमा राज्य संयन्त्र थप सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।

0 Comments