२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीमा बेपत्ता नागरिकको विवरण अद्यावधिक गरी खोजी तीव्र बनाउन काँग्रेसको माग

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले बाढी तथा विपद्का कारण सम्पर्कविहीन भएका नागरिकको यथार्थ विवरण तत्काल अद्यावधिक गरी उनीहरूका परिवारलाई सही सूचना उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ।

प्रतिनिधि सभाको बैठकमा काँग्रेसकी प्रमुख सचेतक वासना थापाले बेपत्ता नागरिकको खोजीलाई प्रभावकारी बनाउन राज्यका सम्बन्धित संयन्त्रबीच समन्वय बढाउनुपर्ने बताइन्।

उनले खोज तथा उद्धारमा आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्नुका साथै आधुनिक प्रविधि र आवश्यक उद्धार उपकरणको प्रयोग बढाउन सरकारको ध्यानाकर्षण गराइन्। विपद्को समयमा उद्धार कार्यमा ढिलाइ हुँदा प्रभावित परिवारको संकट थप गहिरिन सक्ने भएकाले उपलब्ध सबै स्रोतसाधन परिचालन गर्नुपर्ने उनको भनाइ थियो।

प्रमुख सचेतक थापाले राष्ट्रिय विपत्तिका बेला राज्यको प्राथमिकता नागरिकको जीवन रक्षा र संकटमा परेका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउनु हुनुपर्ने बताइन्। सरकारको भूमिका सत्ता संरक्षणभन्दा नागरिक सुरक्षामा केन्द्रित हुनुपर्ने धारणा राख्दै उनले प्रभावित नागरिकले राज्यको उपस्थितिको अनुभूति गर्ने गरी राहत, उद्धार र खोजीका कार्य अघि बढाउनुपर्नेमा जोड दिइन्।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई थप तीव्र र परिणाममुखी बनाउन तथा आवश्यक स्रोतसाधन तत्काल परिचालन गर्न उनले सरकारसँग माग गरेकी छन्।

0 Comments