२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनोसामाजिक अवस्था सुनिश्चित गरेर मात्रै बाढी प्रभावित विद्यालयमा कक्षा सञ्चालन गर्न निर्देशन

शिक्षा विभागले बाढीबाट प्रभावित विद्यार्थीको मनोसामाजिक अवस्था पहिचान गरी आवश्यक परामर्श र सहयोग उपलब्ध गराएपछि मात्र सुरक्षित तथा बालमैत्री वातावरणमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

अ+ अ-

काठमाडौँ । शिक्षा विभागले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको मनोसामाजिक अवस्था पहिचान गरी आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत विभागको योजना तथा कार्यक्रम शाखाले बुधबार पत्राचार गर्दै बाढीबाट प्रभावित विद्यालयमा नियमित पठनपाठन सुरु गर्नुअघि विद्यार्थीको मानसिक तथा मनोसामाजिक अवस्था बुझ्न निर्देशन दिएको हो।

बाढीका कारण विद्यार्थीमा भय, त्रास, तनाव, शोक तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले उनीहरू कक्षामा फर्कन तयार भए/नभएको सुनिश्चित गर्नुपर्ने विभागले जनाएको छ।

स्वास्थ्य संस्थासँग समन्वय गर्नू
विभागले सम्बन्धित विद्यालय र स्थानीय तहलाई नजिकका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीसँग समन्वय गरी प्रभावित विद्यार्थीको मनोसामाजिक अवस्था पहिचान गर्न भनेको छ।

आवश्यकता देखिएका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा थप सहयोग उपलब्ध गराउनुपर्ने निर्देशनमा उल्लेख छ।

विद्यार्थी नियमित पठनपाठनका लागि मानसिक र भावनात्मक रूपमा तयार भएको सुनिश्चित गरेपछि मात्रै कक्षा सञ्चालनको व्यवस्था मिलाउन विभागले आग्रह गरेको छ। प्रभावित बालबालिकालाई तत्काल कक्षामा फर्काउनुभन्दा पहिले मनोसामाजिक अवस्था सुधार्नुपर्ने शिक्षा मन्त्रालयको निष्कर्ष छ।

सुरक्षित र बालमैत्री वातावरणमा जोड
बाढीका कारण विद्यार्थीको सिकाइमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न सुरक्षित तथा बालमैत्री वातावरणमा विद्यालय सञ्चालन गर्नुपर्ने विभागले जनाएको छ।

विद्यालय भवन, कक्षाकोठा, खानेपानी, सरसफाइ तथा आवागमनको सुरक्षा सुनिश्चित गर्दै विद्यार्थीलाई भयमुक्त वातावरण उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

शैक्षिक र मनोसामाजिक अवस्था प्राथमिकतामा
विभागले विद्यालय, स्वास्थ्य संस्था, स्थानीय तह र अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्न निर्देशन दिएको छ।

प्रभावित विद्यार्थीको शैक्षिक निरन्तरतासँगै मनोसामाजिक अवस्था र सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने विभागको भनाइ छ।

यसअघि विभागले प्रभावित विद्यालय र विद्यार्थीको अवस्था पहिचान गर्न द्रुत सर्वेक्षण टोली परिचालन गर्नुका साथै आवश्यकताअनुसार अस्थायी सिकाइ केन्द्र, शैक्षिक सामग्री र मनोसामाजिक परामर्शको व्यवस्था गर्ने जनाएको थियो।

0 Comments