२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाद्वारा हवाईमार्गबाट हालसम्म ४ हजार ८१ जनाको उद्धार, टनेल र प्रभावित क्षेत्रमा खोजी जारी

बुधबार साँझसम्म ८१ जनाको थप हवाई उद्धार गरिएको छ भने विभिन्न जलविद्युत् आयोजनाका टनेल, पावरहाउस र बाढी प्रभावित क्षेत्रमा संयुक्त टोली परिचालन गरिएको छ।

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट हालसम्म चार हजार ८१ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये तीन हजार ७९८ जना स्वदेशी र २८३ जना विदेशी नागरिक छन्।

सेनाले सार्वजनिक गरेको बुधबार साँझ साढे ६ बजेसम्मको विवरण अनुसार बुधबार मात्रै ८१ जनालाई हवाई साधनबाट उद्धार गरिएको हो। बाढी प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाका टनेल तथा पावरहाउसमा पनि नेपाली सेनासहितको संयुक्त टोलीले खोजी गरिरहेको छ।

भोटेकोशीको टनेलमा एक शव फेला
रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको टनेलमा करिब ५० मिटरसम्म प्रवेश गरी खोजतलास गर्दा नेपाली सेनाको टोलीले एक शव फेला पारेको छ। उक्त क्षेत्रमा थप खोजी जारी छ।

रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोली पावरहाउस, ट्रान्सफर्मर रुम र कन्ट्रोल प्वाइन्टसम्म पुगेको छ। ती स्थानमा थप खोजी भइरहेको छ।

लाङटाङ जलविद्युत् आयोजनामा संयुक्त टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। खोजी सहज बनाउन पानीको मात्रा घटाउने उद्देश्यले च्यानल निर्माण भइरहेको छ।

चिलिमेको टनेलमा १४० मिटरसम्म खोजी
चिलिमे जलविद्युत् आयोजनामा विदेशीसहितको संयुक्त टोली टनेलभित्र १४० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ। एभाटा ड्रोनमार्फत ४० मिटरसम्म खोजी गर्दा केही फेला परेको छैन।

टनेलसम्म भारी उपकरण पुर्‍याउन पहुँच मार्ग निर्माण भइरहेको छ। बाटो खोल्न २५ मिटर चट्टानी भूभाग विस्फोट गरी हटाउनुपर्ने तथा टनेलसम्म पुग्न अझै ५० मिटर बाटो निर्माण गर्न बाँकी रहेको विवरणमा उल्लेख छ।

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको हाकुबेंसीस्थित अडिट-३ टनेलमा विदेशीसहितको संयुक्त टोलीले करिब एक हजार २०० मिटरभित्र प्रवेश गरी खोजी गरेको छ। त्यहाँ पनि केही फेला परेको छैन।

त्रिशूली-३ ‘ए’ र ‘बी’मा संयुक्त टोली परिचालन
त्रिशूली–३ ‘ए’को पावरहाउस तथा टनेल क्षेत्रमा नेपाली सेनाका ३५, नेपाल प्रहरीका १०, सशस्त्र प्रहरी बलका १० जना र आयोजनाका प्रतिनिधिसहितको टोलीले खोजी गरिरहेको छ।

त्रिशूली-३ ‘बी’मा नेपाली सेनाका ८७, नेपाल प्रहरीका चार, सशस्त्र प्रहरी बलका १० जना तथा आयोजनाका प्रतिनिधि परिचालित छन्। तीन वटा एक्स्काभेटर प्रयोग गरी ११ मिटर गहिराइसम्म उत्खनन गर्दा करिब चार फिटको बिम वा पिलर र केही इँटा फेला परेका छन्। उक्त स्थानमा थप खोजी भइरहेको छ।

देवीघाटमा पुल निर्माण तीव्र
नुवाकोटको विदुर नगरपालिका-५ स्थित देवीघाटमा तादी नदीमाथि पुल निर्माणको काम तीव्र पारिएको छ। नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जना पुल निर्माणमा खटिएका छन्।

रसुवा र नुवाकोटका कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, मैलुङ र स्याफ्रुबेँसीलगायत प्रभावित स्थानमा पैदल गस्तीमार्फत खोजी भइरहेको छ।

विदेशीसहितको संयुक्त टोलीले देवीघाटको करिब पाँच किलोमिटर क्षेत्र र टिमुरेमा थर्मल ड्रोन प्रयोग गरी खोजी गरेको छ। ती क्षेत्रमा भने केही फेला परेको छैन।

साढे तीन हजारभन्दा बढीले पाए स्वास्थ्य सेवा
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट बुधबार २४ जनाले स्वास्थ्य सेवा लिएका छन्। हालसम्म तीन हजार ५५९ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ हजार ८०० भन्दा बढी जनशक्ति प्रत्यक्ष परिचालन गरिएको छ। उनीहरू घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा समन्वयात्मक रूपमा खटिएका छन्।

0 Comments