२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजविराज अस्पतालबाहिर सुत्केरी घटना : अस्पतालसँग स्पष्टीकरण माग

अ+ अ-

काठमाडौँ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल प्रशासनसँग स्पष्टीकरण मागेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएकी हुन्। घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइएको र अस्पतालसँग स्पष्टीकरण माग गरिएको उनले उल्लेख गरेकी छन्।

मन्त्री मेहताका अनुसार छानबिनबाट घटनाको वास्तविक अवस्था स्पष्ट पारिनेछ। छानबिनका क्रममा अस्पताल वा सम्बन्धित पक्षबाट गल्ती तथा लापरबाही भएको देखिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयको भनाइ छ।

स्वास्थ्य संस्थामा पुग्ने प्रत्येक नागरिकले समयमै उपचारसँगै सम्मानजनक र मानवीय व्यवहार पाउनुपर्ने मन्त्री मेहताले बताएकी छन्। सोही मान्यताअनुसार घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको उनको भनाइ छ।

अस्पताल परिसरबाहिरै सुत्केरी हुनुपरेको घटनाको छानबिनका लागि पठाइएको टोलीले घटनाको तथ्यगत अवस्था अध्ययन गर्नेछ। छानबिनबाट प्राप्त विवरणका आधारमा आवश्यक निर्णय लिइने मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवामा नागरिकको अधिकार र स्वास्थ्य संस्थाप्रतिको विश्वासप्रति मन्त्रालय संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री मेहताले सेवा प्रवाहमा कुनै कमजोरी देखिए त्यसलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

0 Comments