काठमाडौँ । प्रदेश लोक सेवा आयोग कोशी प्रदेशले स्थानीय सरकारी सेवाअन्तर्गत स्वास्थ्य सेवाका विभिन्न स्थानीय तहमा रिक्त अनमी पदमा स्थायी नियुक्तिका लागि उम्मेदवार सिफारिस गरेको छ।
आयोगको अन्तरवार्ता तथा सिफारिस शाखाले बिहीबार सूचना जारी गर्दै स्थानीय स्वास्थ्य-नर्सिङ समूह, मिडवाइफ्री नर्सिङ उपसमूह, सहायकस्तर चौथो तहको अनमी पदमा उम्मेदवार सिफारिस गरिएको जनाएको हो।
लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट भएका उम्मेदवारको लिखित परीक्षा र अन्तर्वार्ताको प्राप्तांकका आधारमा योग्यताक्रम कायम गरिएको आयोगले जनाएको छ।





















