२६ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

अ+ अ-

दमौली (तनहुँ) । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रद्वारा सञ्चालित कार्यक्रमले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी स्रोत सामग्री उत्पादन गरेको छ ।

केन्द्रले सो अवधिमा विभिन्न प्रजातिका तीन सय ३३ बाख्रा उत्पादन गर्ने लक्ष्य राखेकामा चार सय ११ बाख्रा उत्पादन गरेको केन्द्रप्रमुख राजु कँडेलले जानकारी दिए । 

 खरी प्रजातिका ४० बाख्रा उत्पादन गर्ने लक्ष्य रहेकामा ४८, छ सिन्हालको लक्ष्य निर्धारण रहेकामा आठ, छ बारबारीको लक्ष्य राखेकामा १०, तीन जमुनापारी क्रसको लक्ष्य राखेकामा तीन, ७० शुद्ध बोअरको लक्ष्य राखेकामा ८७, एक सय ६० बोअर क्रसको लक्ष्य राखेकामा एक सय ८४, १५ शुद्ध सानको लक्ष्य राखेकामा १६ र ३३ सानन क्रसको लक्ष्य राखेकामा ५५ बाख्रा उत्पादन भएका छन् ।

यसैगरी, दुई हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य रहेकामा चार हजार दुई सय ३१ दशमलव पाँच लिटर, दुई सय किलोग्राम चिज उत्पादन गर्ने लक्ष्य राखेकामा चार सय ६३ दशमलव तीन किलोग्राम तथा ५० चुलेत्रो उत्पादन गर्ने लक्ष्य राखेकामा ६० वटा उत्पादन भएको छ । ७० मेट्रिक टन बाख्राको मल उत्पादन गर्ने लक्ष्य राखेकामा ९६ दशमलव २१ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ ।

केन्द्रले सो अवधिमा रु. ७९ लाख १८ हजार चार सय ८५ आम्दानी गरेको छ । स्रोत बीउ तथा वस्तु बिक्रीबाट रु. ५३ लाख ३६ हजार चार सय २५, उत्पादनका सहउत्पादनबाट रु. २३ लाख ९५ हजार पाँच सय ४० तथा अतिथिगृह, तालिम हल र चमेनागृहबाट रु. एक लाख ५२ हजार चार सय २५ आम्दानी भएको छ ।

यसैगरी, केन्द्रले किसानलाई बाख्रा तथा बाख्रासँग सम्बन्धित अनुसन्धान र प्रविधि विकासका साथै उन्नत जातका प्रजननयोग्य बोका, पाठी तथा घाँसका बेर्ना वितरण गर्दै आएको छ ।

पशु स्वास्थ्य, पशु प्रजनन, पशु आहारा, चरन तथा घाँसे बाली, कृषि वन, पशु उत्पादन तथा व्यवस्थापनसम्बन्धी अनुसन्धान तथा कार्यक्रम पनि केन्द्रमा सञ्चालन हुँदै आएको छ ।

0 Comments