२८ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोक मार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–३ बस्ने २९ वर्षीय पारस थापा र सोही ठाउँका ३४ वर्षीय सागर रेग्मी रहेका छन् ।

आइतबार बिहान २:५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक थापा र पछाडि सवार जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी रेग्मी गम्भीर घाइते भएका थिए ।

दुर्घटनाको जानकारी पाउनसाथ प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीको टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो । उनीहरूलाई बिहान ३:२३ बजे उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा) पठाइएको थियो ।

अस्पतालमा उपचारका क्रममा पछाडि सवार सागर रेग्मीको बिहान ४:५२ बजे र चालक पारस थापाको बिहान ५:११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

0 Comments