काठमाडौँ । न्याय सेवा आयोगले सर्वोच्च अदालतका दुई सहसचिवलाई सचिव (रजिस्ट्रार) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
मंगलबार बसेको आयोगको बैठकले सर्वोच्च अदालतमा कार्यरत सहसचिवद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई सचिव (रजिस्ट्रार) पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।






