३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले क्षतिग्रस्त १२ झोलुंगे पुलको मर्मत कार्य तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट त्रिशूली-मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुंगे पुलको मर्मत तथा पुन:निर्माणलाई सरकारले तीव्रता दिएको छ। क्षतिग्रस्तमध्ये १२ वटा झोलुंगे पुलको मर्मत कार्य सुरु भइसकेको छ।

मर्मत भइरहेका पुलमा धादिङका कालिकास्थान, मालिंगा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया झोलुंगे पुल छन्।

त्यस्तै, नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुंगे पुलको समेत मर्मत भइरहेको छ।

सरकारले यी सबै पुलको मर्मत कार्य असोज २० गतेभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाएको छ।

यसैबीच बाढीबाट प्रभावित थप आठ वटा झोलुंगे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारीसमेत अघि बढाइएको छ। मर्मतका लागि आवश्यक डेकलगायत सामग्री खरिद गर्न विभिन्न निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ भने पहिलो चरणका सामग्री कार्यस्थलमा आपूर्ति भइसकेका छन्। दोस्रो चरणअन्तर्गत आवश्यक स्टिल पार्ट्स खरिदको प्रक्रिया पनि अघि बढाइएको छ।

बाढीबाट मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिने गरी क्षति भएका ३३ वटा झोलुंगे पुलको पुन:निर्माणका लागि भने सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ।

पुल निर्माण तथा मर्मतका लागि आवश्यक लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायतका सामग्री खरिद गर्न समेत बोलपत्र आह्वान गरिएको छ। सरकारले तत्काल मर्मत गर्न सकिने पुललाई सञ्चालनमा ल्याउने र पूर्ण रूपमा क्षतिग्रस्त पुलको पुन:निर्माण अघि बढाउने गरी कामलाई समानान्तर रूपमा अगाडि बढाएको छ।

0 Comments