३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

अ+ अ-

काठमाडौँ। बाढी, पहिरो र सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।

नेपाल प्रहरीले बुधबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको र केहीमा एकतर्फी आवागमन सञ्चालन भइरहेको जनाएको छ।

बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा खुर्कोट- नेपालथोक-कटुञ्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरूका लागि भदौ १६ गतेदेखि लागू हुने गरी विशेष नियम बनाइएको छ। अर्को सूचना नभएसम्म साँझ १९:०० बजेदेखि बिहान ०५:०० बजेसम्म १० टनसम्मका मालवाहक सवारी साधनहरू सञ्चालन हुनेछन्। बिहान ०४:०० बजेदेखि साँझ १८:०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधनहरू सुचारु गरिने जनाइएको छ।

रसुवाका मुख्य सबै राजमार्गहरू भदौ १० गते बिहान १०:३० बजेदेखि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। नुवाकोटको टोखा-छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका-८ घट्टेखोलामा सम्भावित बाढी र पहिरोका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। भदौ ०१ गतेदेखि अर्को सूचना नभएसम्मका लागि राति २२:०० बजेदेखि बिहान ०५:०० बजेसम्म गाडी चलाउन पाइने छैन।

नुवाकोटकै पसाङ ल्हामु सडक खण्डअन्तर्गत विदुर नगरपालिका-१० सिमटारमा भदौ १० गतेदेखि बाढीका कारण बाटो पूर्ण रूपमा अवरुद्ध रहेको छ। धादिङको पृथ्वीलोकमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-०७ कृष्ण भिरमा भदौ १४ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा ठप्प छ। पृथ्वीलोकमार्गकै बेनिघाट रोराङ गाउँपालिका-१० ज्वाङखोलामा भदौ १६ गतेदेखि र शीतलबजारमा भदौ २६ गतेदेखि पहिरो पन्छाएर सडक एकतर्फी सुचारु गरिएको छ।

चितवनको नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा भदौ २२ गतेदेखि सडक मर्मतको काम भइरहेकाले गाडीको चाप हेरेर एकतर्फी रूपमा सवारी साधन सञ्चालन गराइएको छ।

कर्णाली प्रदेशतर्फ हुम्लाको कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-६ खरीखेतमा भदौ २९ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ।

नेपाल प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाउँदै यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ।

0 Comments