३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असोजमा पनि घट्यो बैंकको निक्षेप ब्याजदर, कुन बैंकले कति दिँदैछन् ?

अ+ अ-

काठमाडौँ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहे पनि कर्जा प्रवाह अपेक्षाकृत कमजोर भएपछि निक्षेपको ब्याजदर घट्ने क्रम असोजमा पनि जारी रहेको छ।

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिइने अधिकतम ब्याजदरको औसत असोजमा ४.०८९६ प्रतिशतमा झरेको छ। भदौमा यस्तो औसत ब्याजदर ४.१३६० प्रतिशत थियो। अर्थात् एक महिनाको अवधिमा औसत अधिकतम ब्याजदर ०.०४६ प्रतिशत बिन्दुले घटेको हो।

यसअघि साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत ४.१६७५ प्रतिशत थियो। साउनदेखि असोजसम्म आइपुग्दा यस्तो ब्याजदर निरन्तर घटेको देखिन्छ।

चार बैंकले घटाए ब्याज
भदौको तुलनामा असोजमा चारवटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। नबिल बैंक, एभरेस्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले ब्याजदर घटाएका हुन्।

बाँकी १६ वटा वाणिज्य बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन्। केही बैंकले सामान्य रूपमा ब्याजदर घटाएपछि समग्र औसत दरमा समेत कमी आएको हो।

असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा प्रभु बैंकको अधिकतम ब्याजदर अन्य बैंकको तुलनामा केही बढी रहेको छ। बैंकहरूले निक्षेपको अवधिअनुसार फरक-फरक ब्याजदर निर्धारण गर्ने गरेका छन्। ४.५५ प्रतिशतसम्मको ब्याजदर भने १० वर्षभन्दा लामो अवधिको मुद्दती निक्षेपमा मात्र लागू हुने जनाइएको छ। छोटो अवधिको मुद्दतीमा भने ब्याजदर तुलनात्मक रूपमा कम छ।

नयाँ तथा नवीकरण हुने मुद्दतीमा मात्रै नयाँ दर
बैंकहरूले असोजका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर यस महिनामा खोलिने नयाँ मुद्दती निक्षेपमा लागू हुनेछ। यसैगरी अवधि पूरा भएर असोजमा नवीकरण हुने मुद्दती निक्षेपमा पनि नयाँ ब्याजदर कायम हुनेछ।

यसअघि नै लामो अवधिका लागि मुद्दती खाता खोलेका निक्षेपकर्ताले भने खाता खोल्दाको सम्झौता तथा शर्तअनुसारकै ब्याजदर पाउनेछन्।

निक्षेपको ब्याजदर घट्दा बैंकहरूको आधार दरमा समेत प्रभाव पर्छ। आधार दर घटेपछि कर्जाको ब्याजदर घटाउन दबाब सिर्जना हुने भएकाले निक्षेपको ब्याजदरमा आएको कमीले ऋणीलाई समेत प्रभाव पार्ने गर्छ।

प्रणालीमा पर्याप्त तरलता
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहे पनि कर्जा विस्तार अपेक्षित रूपमा हुन नसकेका कारण बैंकहरू निक्षेपमा दिने ब्याजदर घटाउने अवस्थामा पुगेका हुन्।

तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत वित्तीय प्रणालीबाट रकम खिच्दै आएको छ। वित्तीय प्रणालीको तरलता अवस्था तथा अन्तरबैंक ब्याजदर व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन र स्थायी निक्षेप सुविधालगायतका उपकरण प्रयोग गरिरहेको छ।

यसले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न सहयोग पुर्‍याउँदै आएको छ भने अर्कोतर्फ निक्षेप तथा कर्जाको ब्याजदरमा समेत प्रभाव परेको छ।

0 Comments