काठमाडौँ । सुनका गरगहना चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछापको रामेछाप नगरपालिका–१ घर भएका २३ वर्षीय दीपेश मग्रान्तीलाई पक्राउ गरिएको हो । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
२९ भदौमा काठमाडौँको एक घरबाट उनले गरगहना चोरी गरेका थिए । त्यसपछि अनुसन्धानमा खटिएको टोलीले २९ भदौकै साँझ उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीबाट १३८ ग्राम बराबरका सुनका गरगहना बरामद भएको छ ।






