३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संसदीय समिति बनाउने, प्रधानमन्त्रीले प्रतिवेदन नै बेवास्ता गर्ने अवस्था आउनु हुँदैन’ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोशी बाढीपछिको विपद् व्यवस्थापनका लागि गठन हुन लागेको संसदीय समितिले दिएको सुझाव तथा प्रतिवेदन सरकारले गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

सिंहदरबारमा बुधबार सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संसदीय समिति गठन गरेर त्यसलाई जिम्मेवारी दिने तर सरकारले समितिको प्रतिवेदनलाई बेवास्ता गर्ने अवस्था सिर्जना हुन नहुने बताए।

उनले प्रधानमन्त्री वालेन्द्र शाहले संसद् र संसदीय समितिको मर्यादा कायम राख्दै सरकार र संसदबीच प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिए।

थापाले प्रधानमन्त्रीको संसद्प्रतिको व्यवहारप्रति प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दलका नेताले संसदमा बोल्दा समेत प्रधानमन्त्रीको पर्याप्त उपस्थिति र चासो नदेखिने गरेको बताए।

‘संसदीय समिति हामीले बनाउने, त्यसलाई यति ठूलो जिम्मेवारी दिने तर प्रधानमन्त्रीले नै त्यसको मान र मर्यादा नराख्ने तथा बेवास्ता गर्ने अवस्था आउनु हुँदैन,’ उनले भने।

काँग्रेस सभापति थापाका अनुसार आफ्नो पार्टी सरकारलाई कुनै सर्त नराखी सहयोग गर्न तयार छ। संसदीय समितिमा बसेर काम गर्ने र समितिले तयार गर्ने प्रतिवेदन सरकारलाई बुझाउने भए पनि त्यसलाई सरकारले ग्रहण गरी आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ छ।

‘हामी अनकन्डिसन सरकारलाई सपोर्ट गरिरहेका छौँ। संसदीय समितिमा बसेर काम गर्छौँ र समितिले रिपोर्ट पनि तयार गर्ला,’ थापाले भने, ‘तर रिपोर्ट बुझ्ने, ग्रहण गर्ने वा त्यसका आधारमा काम गर्ने कुरामा प्रधानमन्त्रीले सामान्य छलफलमा समेत रुचि नराख्ने अवस्था नहोस्।’

उनले संसदीय समिति गठन गर्नुअघि नै त्यसको कार्यादेश, जिम्मेवारी र कार्यक्षेत्रबारे प्रधानमन्त्रीसँग संवाद गर्नुपर्ने बताए। विगतमा पनि संसदीय समिति गठन गर्दा सरकार प्रमुखसँग छलफल र समन्वय गर्ने अभ्यास रहेको उनले स्मरण गराए।

सरकार र संसदबीच समन्वय कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै थापाले समितिको प्रभावकारिताका लागि प्रधानमन्त्रीले समेत त्यसलाई अपनत्व दिनुपर्ने बताए।

‘एकातिर हामी बैठक गरेर संसदीय समिति बनाउने, अर्कोतिर भोलि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गर्ने अवस्था नबनोस्,’ उनले भने, ‘अहिले नै यसबारे कुरा गर्दा सरकारलाई पनि सहज हुन्छ।’

थापाले सर्वदलीय बैठक आयोजना गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई धन्यवाद दिँदै आफ्नै दलको नेतृत्वमा सरकार रहेकाले संसदीय समितिको काम र प्रतिवेदनलाई सरकारले सम्मानपूर्वक ग्रहण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

उनका अनुसार विपद्पछिको उद्धार, राहत, पुनर्स्थापना तथा आगामी दिनको व्यवस्थापनका विषयमा बन्ने समितिमा रहेर काम गर्न काँग्रेस तयार छ। तर, समितिले तयार गर्ने प्रतिवेदनको प्रभावकारिता त्यसलाई सरकारले कसरी ग्रहण गर्छ भन्ने विषयमा निर्भर रहने उनको भनाइ थियो।

0 Comments