काठमाडौँ । सरकारले सरकारी निर्णय प्रक्रियालाई थप सरल, व्यवस्थित र डिजिटल प्रविधिमैत्री बनाउने उद्देश्यसहित नयाँ नियमावली स्वीकृत गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि नियमावली स्वीकृत गरिएको जानकारी दिएका हुन्।






