काठमाडौँ । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीको सरुवा गरेको छ।
प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार दवाडीलाई आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल ट्रस्टको कार्यालयमा सरुवा गर्ने निर्णय भएको हो।
दवाडी लामो समयदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत रहँदै आएकी थिइन्। पछिल्लो समय मन्त्रालयअन्तर्गत भएका केही कर्मचारी सरुवाको विषयमा समेत असन्तुष्टि तथा विवादका विषय प्रशासन डटकममा सार्वजनिक भएका थिए।






