काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान गरेको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको बोलकबोलमा इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ ।
राष्ट्र बैंकका अनुसार घटीमा रु १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिनेछ ।






