२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा डा. सापकोटाविरुद्ध मुद्दा दायर 

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक तत्कालीन दशौं तहका डा. अर्जुनप्रसाद सापकोटाविरुद्ध दुई करोड तीन लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ।

आयोगले बिहीबार डा. सापकोटा र उनकी श्रीमती निरजा पण्डितलाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयभन्दा दुई करोड बढी खर्च
आयोगका अनुसार सापकोटाको २०५३ साउन २५ गतेदेखि २०८० वैशाख ३० गतेसम्मको आम्दानी, खर्च तथा लगानीमाथि अनुसन्धान गरिएको थियो।

उक्त अवधिमा उनले पारिश्रमिक तथा तलब बचत, विभिन्न भत्ता, सवारीसाधन बिक्री, घरबहाल, जग्गा तथा सेयर बिक्री, ऋण, बैंक ब्याज, कृषि, छात्रवृत्ति, बिरामी जाँच, सेवा प्रवेश पूर्वको आय र नगद लाभांशलगायत स्रोतबाट तीन करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ ३४ पैसा वैधानिक आय आर्जन गरेको आयोगले जनाएको छ।

तर सोही अवधिमा जग्गा तथा घर खरिद, घर निर्माण, सेयर र सवारीसाधन खरिद, कर्जा भुक्तानी, बिमा प्रिमियम, अध्ययन, सुन तथा विद्युतीय उपकरण खरिद, विदेश भ्रमण, पारिवारिक खर्च तथा बैंक र नगद मौज्दातसहित पाँच करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ ५८ पैसा खर्च तथा लगानी भएको अख्तियारको दाबी छ।

आयोगका अनुसार वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा दुई करोड तीन लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसाको स्रोत पुष्टि हुन सकेको छैन।

अस्वाभाविक जीवनस्तर देखिएको दाबी
स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत रहँदा सापकोटाले काठमाडौँसहित प्रमुख सहरमा महँगा घडेरी खरिद गरेको, भव्य घर बनाएको र महँगा सवारीसाधन प्रयोग गरी अमिल्दो तथा अस्वाभाविक जीवनस्तर बिताएको उजुरीका आधारमा अनुसन्धान गरिएको आयोगले जनाएको छ।

सार्वजनिक पदमा रहँदा पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको र सम्पत्ति विवरणमा वास्तविक विवरण नदेखाई झुट्टा विवरण पेस गरेको पुष्टि भएको आयोगको दाबी छ।

कैद, जरिवाना र सम्पत्ति जफतको माग
आयोगले सापकोटाविरुद्ध दुई करोड तीन लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा बिगो कायम गरेको छ। प्रचलित भ्रष्टाचार निवारणसम्बन्धी कानुनबमोजिम कैद र बिगो बराबर जरिवाना गर्न तथा गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न माग दाबी गरिएको छ।

सम्पत्ति लुकाई-छिपाई झुट्टा विवरण पेस गरेको आरोपमा पनि थप कैद, जरिवाना र सम्पत्ति जफतको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्।

सापकोटाले स्रोत नखुलेको रकमबाट श्रीमती निरजा पण्डितका नाममा सम्पत्ति खरिद गरेको देखिएको भन्दै उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र पण्डितलाई प्रतिवादी बनाइएको आयोगले स्पष्ट पारेको छ।

0 Comments