सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–१० स्थित जाल्पापुर चम्राही टोलबाट एक हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्।
प्रहरीले शनिबार बिहान करिब ३ बजे को १ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो।
गाँजासहित भोक्राहा नरसिंह गाउँपालिका–५ निवासी ३० वर्षीय रामबहादुर यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गाँजा र पिकअप भ्यान नियन्त्रणमा राखेर ओसारपसारमा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






