३ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ’- मुख्यमन्त्री थापा

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडीको समस्या समाधान गर्दै खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताएका छन् ।  

खेलाडीको समस्या आफूले बुझेको उल्लेख गर्दै उनले प्रदेशका सबै क्षेत्रमा खेलाडी उत्पादन र उनीहरूलाई व्यवस्थित रूपमा खेल क्षेत्रमा अघि बढाउने नीति प्रदेश सरकारले लिने बताएका हुन् । हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा शनिबार दोस्रो नगर स्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री थापाले खेलाडीलाई आवश्यक प्रशिक्षक, पूर्वाधार र अवसर उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

खेलाडी उत्पादनका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ । प्रदेश सरकारले १३ जिल्ला र ११९ स्थानीय तहमा सम्भावना भएका खेल क्षेत्रलाई मागका आधारमा बजेट विनियोजन गर्दै आएको उनले बताए । मुख्यमन्त्री थापाले खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा बोकेर मैदानमा उत्रिँदा देशको पहिचान र गौरव बढ्ने बताए । नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने माध्यममध्ये अन्तर्राष्ट्रिय खेलकुद र सगरमाथा प्रमुख रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री थापाले विगतमा खेलाडीलाई विभिन्न स्वार्थका लागि प्रयोग गरिँदा खेल क्षेत्रकै बदनाम भएको उल्लेख गरे । निर्माण व्यवसायीले ठेक्कापट्टाका क्रममा तथा राजनीतिक दलहरूले निर्वाचनका समयमा खेलाडीको प्रयोग गर्ने गरेको भन्दै उनले खेलाडीलाई त्यस्ता गतिविधिबाट अलग राख्नुपर्ने बताए । खेल आत्मरक्षा र प्रतिस्पर्धाका लागि महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्दै उनले खेलाडीलाई वडा, पालिका, जिल्ला हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर सिर्जना गर्नुपर्ने बताए । प्रदेश सरकारले खेलकुद मन्त्रालयमार्फत विभिन्न खेलका प्रतियोगिता आयोजना गर्ने, खेलकुदका लागि बजेट विनियोजन गर्ने तथा आवश्यक स्थानमा डोजाङ, रंगशाला, कभर्डहल र खेलमैदान निर्माणमा सहयोग गर्दै आएको मुख्यमन्त्री थापाले जानकारी दिए ।

कार्यक्रममा सन् २०२५ मा अजरबैजानको बाकु शहरमा सम्पन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसीपमामा ८५ केजी तौल समूह तर्फ फुलकन्ट्याक्ट कराँते विधामा स्वर्ण पदक र किक बक्सिङ विधामा काँस्य पदक जित्न सफल सुदर्शन खतिवडालाई सम्मान समेत गरिएको थियो । मकवानपुर तेक्वान्दो डोजाङको व्यवस्थापन तथा जिल्ला तेक्वान्दो डोजाङ मकवानपुरको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा १४ वटा डोजाङबाट महिला तथा पुरुष गरी १ सय ६० जना खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगिता महिला र पुरुषतर्फ विभिन्न सात तौल समूहमा सञ्चालन गरिने अध्यक्ष सिग्देलले बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

0 Comments