३ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आत्मनिर्भर नभई अन्तर निर्भर अर्थतन्त्र निर्माण सम्भव छैन’: पूर्व राष्ट्रपति भण्डारी

अ+ अ-

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले व्यापार घाटा कम गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् । 

शनिवार काठमाडौँमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तर संवाद’ कार्यक्रममा बोल्दै उनले आत्मनिर्भर नभई अन्तर निर्भर अर्थतन्त्र निर्माण गर्न नसकिने बताएकी हुन् । नेपालको आर्थिक अवस्थाबारे धेरै छलफल हुने गरेको उल्लेख गर्दै पूर्व राष्ट्रपति भण्डारीले मुलुकको व्यापार घाटा ठूलो रहेको बताइन् । अर्थशास्त्री तथा विज्ञहरूले व्यापार घाटाको समस्या समाधानका लागि अन्तर निर्भर अर्थतन्त्रमा जोड दिने गरेको भए पनि अन्तर निर्भर हुनुअघि आत्मनिर्भर बन्नुपर्ने उनको भनाइ छ । नेपालमा उत्पादन भएका वस्तुको हिस्सा कति छ भन्ने प्रश्न उठाउँदै उनले ठूलो व्यापार कारोबार भए पनि त्यसबाट मुलुकको उत्पादन र अर्थतन्त्रले पर्याप्त लाभ लिन नसकेको बताइन् ।

पूर्व राष्ट्रपति भण्डारीले नेपालको अर्थतन्त्रको अवस्थाप्रति असन्तुष्टि जनाउँदै आफूले विगतमा ‘नेपालको अर्थतन्त्र खुट्टाले टेकेर हिँड्नुपर्नेमा टाउकाले टेकेको’ टिप्पणी गरेको स्मरण गरिन् । उनले नेपालको आर्थिक तथा राजनीतिक अवस्थाको मूल्याङ्कन गर्दा कुनै निश्चित शासन व्यवस्थालाई दोष दिनुभन्दा दीर्घकालीन अवधिको समग्र मूल्यांकन गर्नुपर्ने बताउनु भयो । राष्ट्रिय हितलाई केन्द्रमा राखेर मुलुकको आर्थिक तथा सामाजिक अवस्थाबारे बहस गर्नुपर्ने उनको भनाइ छ । ठूला विपद् तथा संकटहरू आइरहने अवस्थामा त्यसको सामना गर्न राष्ट्रिय भावना र राष्ट्रिय एकता आवश्यक रहेको पूर्व राष्ट्रपति भण्डारीले बताइन् ।

उनले भनिन, ‘अन्तर निर्भर हुनलाई पनि आत्मनिर्भर हुनुपर्‍यो । नभएदेखि जम्मा तपाईँको वार्षिक २४ खर्बको वैदेशिक कारोबार हुन्छ, व्यापार हुन्छ भनेर भन्दिनुहुन्छ । जनताले सुन्दा ओहो, यत्रो धेरै हुँदो रहेछ हाम्रो भन्ने हुन्छ । अनि भित्रतिर सबै हेर्दै जाने हो भने फेरि १९ खर्ब जति त व्यापार घाटा नै भइदिन्छ । हाम्रो यी समस्याहरू समाधान गर्नको लागि हामीले अलिकति राष्ट्रिय भावना र राष्ट्रिय एकता विचारमा त्यस्ता एजेन्डाहरू तय गरेर एक ठाउँमा चाहिँ उभिनै पर्छ ।’

उनले राष्ट्रिय समस्या समाधानका लागि साझा एजेण्डा तय गरी सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिइन् ।  

0 Comments