५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको आरोप : ‘भोटेकोशी बाढी पीडितप्रति सरकार अकर्मण्य र असफल भयो’

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १० गते भोटेकोशीमा आएको बाढीपछिको उद्धार तथा राहत कार्यमा सरकार पूर्ण रूपमा असफल र अकर्मण्य भएको आरोप लगाएका छन् ।

सोमवारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बाढीबाट भएको अकल्पनीय क्षतिलाई सम्बोधन गर्न सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणी गरेका हुन् । 

अध्यक्ष ओलीले भोटेकोशी बाढीलाई आफ्नो पुस्ताले देखेको मध्येको सबैभन्दा भयानक र असाधारण विपद्को संज्ञा दिँदै यस घडीमा आफ्नो पार्टीले जनताको पीडामा मलम लगाउन अन्य दलहरूले भन्दा बढी ठोस काम गरेको जिकिर गरे । उद्धार र राहतको कार्यमा पार्टीका कार्यकर्ताहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले वर्तमान सरकार भने केवल अफवाह फैलाउन र स्रोत–साधनको दुरुपयोग गर्नमा केन्द्रित रहेको आरोप लगाए । सरकारको आलोचना गर्दै ओलीले बेली ब्रिज निर्माणका सन्दर्भमा राज्यले जनतालाई भ्रममा पारेको दाबी गरे ।

ओलीले भने, ‘भदौ १० गते भोटेकोशीमा आएको बाढीले हाम्रो पुस्ताले देखे–भोगेकोभन्दा पनि पृथक् र अभूतपूर्व रूपमा ठुलो मानवीय तथा भौतिक क्षति गर्‍यो । त्यसपछि उद्धार र राहतमा हामी सक्रिय रूपमा लाग्यौँ। जनताको पीडामा मलम लगाउने काममा हाम्रो पार्टीले आफ्नो तर्फबाट अन्य दलभन्दा बढी ठोस पहल गरेको छ । तर सरकारको उद्धार तथा राहत व्यवस्थापनमा देखिएको कमजोरी, राज्यका स्रोतसाधनको प्रभावकारी उपयोग हुन नसकेको अवस्था र गलत सूचना प्रवाह भएको विषयमा गम्भीर प्रश्न उठेका छन् । बेली ब्रिज निर्माण नभइसके पनि निर्माण भइसकेको भन्दै प्रचार गर्ने, एआईबाट तयार गरिएका तस्बिर तथा नक्सा प्रयोग गर्ने र एउटा खोलामा राखिएको पुललाई त्रिशूलीमा राखिएको भनेर प्रचार गर्ने जस्ता गतिविधिले वास्तविक अवस्थाबारे भ्रम सिर्जना गरेको छ । त्रिशूलीमा बेली ब्रिज राखिएको भनिए पनि अहिलेसम्म त्यहाँ बेली ब्रिज जडान नभएको अवस्था छ । त्यसैले विपद्को समयमा प्रचारभन्दा तथ्यमा आधारित सूचना, प्रभावकारी उद्धार र वास्तविक पुनर्स्थापनामा राज्यको ध्यान केन्द्रित हुनुपर्छ ।’

उनका अनुसार त्रिशूलीमा बेली ब्रिज बनिसकेको भनी प्रचार गरिए पनि वास्तविकतामा सो स्थानमा कुनै काम भएको छैन । केवल एउटा खोलाको तस्बिरलाई त्रिशूलीको भनी गलत प्रचार गरिएको उनको भनाइ छ ।

0 Comments