५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दवाडीको सरुवापछि पद रिक्त, सिँचाइ सचिवमा विश्वबाबु पुडासैनीको चर्चा

सरिता दवाडीको सरुवापछि रिक्त सिँचाइ सचिवमा वरिष्ठ प्राविधिक सचिव विश्वबाबु पुडासैनीको चर्चा सुरु भएको छ। प्राविधिक सचिवको संख्या खुम्चिँदै जाँदा अनुभवी सचिवबाटै जिम्मेवारी व्यवस्थापन गर्ने तयारी छ।

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको रिक्त सचिव पदमा वरिष्ठ प्राविधिक सचिव विश्वबाबु पुडासैनीलाई ल्याउनेबारे मन्त्रालयभित्र चर्चा सुरु भएको छ।

सचिव सरिता दवाडीको सरुवासँगै रिक्त भएको पदमा पुडासैनीलाई ल्याउने विषयमा छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ।

पुडासैनी हाल सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिवका रूपमा कार्यरत छन्। लामो समयदेखि निजामती सेवामा रहेका उनी प्राविधिक पृष्ठभूमिका वरिष्ठ सचिवमध्ये पर्छन्।

ठूला आयोजना अघि बढाउन अनुभवी नेतृत्वको खोजी
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सिँचाइ क्षेत्रका महत्त्वपूर्ण आयोजना तथा परियोजनासँगै राष्ट्रिय गौरवका ठूला आयोजना सञ्चालनमा छन्। ती आयोजनाको कार्यान्वयनलाई गति दिनुपर्ने र मन्त्रालयको नीतिगत तथा प्रशासनिक नेतृत्वलाई प्रभावकारी बनाउनुपर्ने अवस्थाबीच नयाँ सचिवको छनोटलाई महत्त्वका साथ हेरिएको छ।

मन्त्रालय स्रोतका अनुसार राजनीतिक नेतृत्वको कार्यगत प्राथमिकतासँग समन्वय गर्न सक्ने, प्राविधिक तथा प्रशासनिक अनुभव भएको र निर्णय क्षमता राख्ने सचिव हुँदा मन्त्रालयको काम अघि बढाउन सहज हुने बुझाइ छ। यही सन्दर्भमा वरिष्ठ सचिव पुडासैनीको नाम चर्चामा आएको हो।

पछिल्लो समय प्राविधिकतर्फका सचिवहरू क्रमशः अनिवार्य अवकाशमा गएपछि सरकारसँग उपलब्ध प्राविधिक सचिवको संख्या पनि खुम्चिँदै गएको छ। केशवकुमार शर्मा बिडारी, रामआधार साह, चिरञ्जीवी चटौत र प्रमिलादेवी शाक्य बज्राचार्य पछिल्लो अवधिमा सेवाबाट अवकाश भएका छन्। त्यसअनुसार रिक्त पदमा नयाँ सचिव बढुवाको प्रक्रिया भने अघि बढ्न सकेको छैन।

त्यसैगरी प्राविधिकतर्फका केही सचिव निकट अवधिमै अनिवार्य अवकाशमा जाने भएकाले रिक्त पद व्यवस्थापनसँगै नयाँ सचिव बढुवाको आवश्यकता बढेको छ। प्राविधिकतर्फ नयाँ सचिवको बढुवा समयमै हुन नसक्दा तत्कालका लागि उपलब्ध वरिष्ठ सचिवमध्येबाटै जिम्मेवारी व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ।

दवाडीको सरुवापछि रिक्त
सरकारले सचिव दवाडीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेपछि मन्त्रालयको सचिव पद रिक्त छ। नयाँ सचिवको पदस्थापन नहुँदासम्म मन्त्रालयको नियमित प्रशासनिक कामसँगै ठूला आयोजना तथा परियोजनासम्बन्धी निर्णय प्रक्रियामा समेत सचिवको अभाव महसुस हुने अधिकारीहरू बताउँछन्।

यसैबीच, दोस्रो सातातिर थप दुई सचिव अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि रिक्त हुने पदमा थप दुई सचिव बढुवाको प्रक्रिया अघि बढ्नेछ।

सामान्यतया वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने अभ्यास छ। विगतको अभ्यासअनुसार सचिवमा बढुवा भएसँगै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने र संघमा लामो अनुभव भएका सचिवलाई बढी जिम्मेवारी रहेका मन्त्रालयमा मिलान गर्दै प्रदेशमा कार्यरत वरिष्ठ सचिवलाई संघमा ल्याउने गरिएको थियो।

यद्यपि, पछिल्लो समय प्रशासनतर्फको सचिव व्यवस्थापनमा भने विगतको अभ्यासभन्दा केही फरक निर्णयसमेत हुँदै आएका छन्।

0 Comments