६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अध्यक्ष ओलीको आत्मालोचना व्यवहारमा देखिनुपर्छ’ : गोकुल बाँस्कोटा

एमाले केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओलीको आत्मालोचनासहितको प्रतिवेदनलाई सकारात्मक भन्दै त्यसको सार्थकता व्यावहारिक कार्यान्वयनबाट मात्र पुष्टि हुने बताएका छन्।

अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको आत्मालोचनासहितको राजनीतिक प्रतिवेदन व्यवहारमा कार्यान्वयन हुनुपर्ने बताएका छन्।

ललितपुरमा मंगलबार जारी पार्टी केन्द्रीय कमिटी बैठकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै बाँस्कोटाले प्रतिवेदन सैद्धान्तिक रूपमा सही देखिए पनि त्यसको सफलता कार्यान्वयनमा निर्भर रहने बताए।

उनले विगतका कमजोरीको समीक्षा गर्दै अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्नुलाई सुधारको प्रारम्भिक संकेतका रूपमा लिएका छन्। ढिलै भए पनि कमजोरी स्वीकार गर्दै आत्मालोचना आउनु सकारात्मक भएको उनको भनाइ छ।

‘अध्यक्षले विगतका कमजोरीको समीक्षा गर्नु र आत्मालोचनासहितको प्रतिवेदन ल्याउनु पहिलो सुधारको संकेत हो। तर यी कुराहरू केवल कागजमा सीमित नभएर व्यवहारमा देखिनुपर्छ,’ बाँस्कोटाले भनेका छन्।

नेतृत्व हस्तान्तरणको बहस महाधिवेशनमा
पार्टीभित्र लामो समयदेखि उठ्दै आएको पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको विषय आगामी महाधिवेशनमा पुनः बहसमा आउने उनले बताए।

‘नेतृत्व परिवर्तनको विषय कहिल्यै सकिँदैन, यो पार्टीको प्रक्रिया हो। अहिले हामी महाधिवेशनबाट पराजित भएको अवस्थामा छौँ, हारपछि सघाउने हाम्रो संस्कार हो। तर जब अर्को महाधिवेशन आउँछ, त्यतिबेला यो बहस स्वतः अगाडि आउँछ,’ उनले भनेका छन्।

कार्यदलको प्रतिवेदन तथा पार्टीका तल्ला तहबाट प्राप्त हजारौँ सुझावलाई अध्यक्ष ओलीको ४० बुँदे प्रतिवेदनमा समेट्ने प्रयास गरिएकोप्रति बाँस्कोटाले सन्तोष व्यक्त गरेका छन्।

0 Comments